दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

केही दिन अबिरल वर्षा नहुने, पहाडी भू-भागमा र तराइमा सावधानी अपनाउन आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १ गते, बुधबार ९:०८

काठमाडौं – देश भर मनसुनको सक्रियता कम भएको छ । वर्षा गराउने मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेका कारण मनसुनि गतिविधि देशभर कम सक्रिय रहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय दक्षिणतर्फ हुँदै भारततिर प्रवेश गरेकाले अब केही दिन वर्षा कम हुने छ । तर पनि देशको एक दूइ स्थानहरुमा भारी वर्षाको सम्भावना र केहि स्थानहरुमा सामान्य वर्षा हुने देखिएको महाशाखाले जनाएको छ ।

वर्षा गराउने मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेका कारण देशको पहाडी भू-भागमा पहिरो जान सक्ने तथा तराइमा वहने केही नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेका कारण सावधानी अपनाउन आग्रह गरेको छ । त्यसका साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

आगामि तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

श्रावण १ गते (बुधबार)

दिउँसो: देशभर आंशिक देखि  सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

राति: देशभर आंशिक देखि  सामान्य वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ।  देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

श्रावण २ गते (बिहिबार)

दिउँसो: देशभर आंशिक देखि  सामान्य वदलि रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

राति: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

श्रावण ३ गते (शुक्रबार)

 दिउँसो: देशभर आंशिक देखि  सामान्य वदलि रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ।

राति: देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।-news24nepal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु