दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिनाउ नदिमा पक्की पुल निर्माण, ज्यान जोखिम मोलेर वारपार गर्ने स्थानीयमा खुसीयाली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १ गते, बुधबार १३:२९

कृष्ण पोखरेल/पाल्पा-तानसेन नगरपालिका ९ मा पर्ने तिनाउ नदीमा पक्की पुल निर्माण भएको छ ।६ करोड ४३ लाखको लागतमा तिनाउको अम्लिहानमा पक्की पुल निर्माण भएको हो । ३२ मिटर लम्वाई ७ मिटर चौडाई भएको पुलको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।यस क्षेत्रमा पुल नहुँदा वर्षायामा ज्यान जोखिममा राखेर यात्र गर्नुपर्ने बाध्यता रहेको थियो । पुल निर्माण भएसँगै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

तिनाउ नदी ओहोर–दोहोर गर्दै आएका मदनपोखरा, दमकडा, माडी र सराईवासी पुल निर्माण भएपछि खुसी भएका छन् । अम्लिहान तिनाउ नदीमा निर्माण भएको कल्भर्ट अस्थायी प्रकृतिको हँुदा वर्षायाममा लगातार पानी पर्दा कल्भर्ट थुनिएर समस्या हुँदै आएको थियो । नदीले कयौ पटक मानिस, खेताल, गाई, गोरु समेत बगाउने गर्दथ्यो । वर्षायाममा कल्भर्ट थुनिदा आसपासका खेत बगरमा परिणत बनेका छन् । जिल्लाका अधिकांश पूर्वाधार पटक–पटक म्याद अवधी थप्दा समेत निर्माण कार्य पूरा नभएको समयमा ८ महिनामै यो पुल निर्माण भएको हो ।रसुवा कन्ट्रक्सन कम्पनी धापसी काठमाडौंले २०७५ साल असोज २० गतेबाट काम शुरु गरेको थियो । पुलको प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका हुन् ।

८ महिनामै पुल निर्माण कार्य पूरा गरेकोमा मुख्यमन्त्री पोखरेले कम्पनीको खुलेर प्रशंसा गरे । यस्ता निर्माण व्यवसायीलाई प्रदेश सरकारले सम्मान गर्ने मुख्यमन्त्री पोखरेलले बताए ।समयमा पुल निर्माण कार्य गरेकोमा प्रदेश सांसद नारायण आचार्यले पुरस्कार स्वरुप निर्माण कम्पनीलाई नगद १० हजार प्रदान गरेका छन् । तिनाउ खोलाले कयौ नागरिकहरुको ज्यान गएकाले समय सीमा भित्रै पुल निर्माण गरेकोमा स्थानीयवासीहरुले समेत निर्माण कम्पनीलाई नागरिक अभिनन्दन गरे ।

पक्की पुल निर्माण भएको स्थानमा २०७४ असार २४ गते यात्रुवाहक जीप बगाउँदा ४ जनाको मृत्यु भएको थियो । यात्रुको ज्यान गएपछि चारैतिरको दवाबबाट पक्की पुल निर्माणको लागि पहल भएको थियो । पुल निर्माण भएपछि अस्थायी रुपमा बनाएको कल्भर्ट भत्काउने नदी आफ्नै सुरमा बग्दा क्षती नहुने भएकोले स्थानीय जनतामा खुसी छाएको तानसेन नगरपालिकाका वडा ९ का वडा अध्यक्ष हरिसुमर रेग्मीले बताए ।तानसेन नगरपालिका र माथागढी गाउँपालिका जोड्ने महत्वपूर्ण सडक, तानसेन, बासटारी, झडेवा, खैरेनी जोड्ने अन्तर जिल्ला सडक, तानसेन–बुटवल सडक खण्डको वैकल्पिक सडकको नामबाट परिचित रहेको सडकको बीचमा रहेको तिनाउ नदीमा पक्की पुल निर्माण भएकाले सराई, दमकडा क्षेत्रमा बस्ती विकास बढ्ने देखिएको छ ।

२०७५ असोज २० गते प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी र संघीय सांसद सोमप्रसाद पाण्डेले संयुक्त रुपमा शिलन्यास गरेका थिए । जिल्ला प्राविधिक कार्यालय अन्तर्गत एसएनआरटिपी सडक कार्यक्रम अन्तर्गत विश्व वंैकको सहयोगमा ६ करोड ४३ लाख रुपैयाँको लागतमा तिनाउको पक्की पुल निर्माण भएको हो । निर्माण कम्पनीले २०७५ असार ३० गते सम्झौता गरी २०७६ असार ३१ मा निर्माण सम्पन्न गरी पुल हस्तान्तरण गरेको छ ।कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, पूर्व भूमि सुधारमन्त्री दलबहादुर राना, संघीय सांसद सोमप्रसाद पाण्डे, प्रदेश सांसद नारायणप्रसाद आचार्य, जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन तानसेन नगर युवा परिषद्का अध्यक्ष गुरास आत्रेयले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु