
काठमाडौं ।गायिका कला लम्सालको “पातली” बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई गायिका कला लम्सालको युटयुबबाट सार्वजनिक गरिएको छ । शिव हमालको शब्द तथा संगीत रहेको उक्त गीतमा आशिष अबिरलको एरेंज रहेको छ। नेपाली नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक भएको उक्त गीतमा शान्ति सुनार र सुशीला गौतमको समूह गायन रहेको छ । माया , प्रेम र बैंशको भाव समावेश उक्त गीतमा आफ्नो मायालुले तारिफ गर्ने कुरा गरिएको छ ।


