तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हास्य ब्यंग्य श्रृंखला ‘कुरा मात्र भो’ शनिबार ८: ३० मा एनटिभी प्लसबाट प्रसारण हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ३ गते, शुक्रबार १७:३३

काठमाण्डौं, श्रावण ३ – नेपाली हास्य ब्यंग्य श्रृंखला कुरा मात्र भो अब उप्रान्त एनटिभी प्लसबाट शनिबार राती ८:३० मा प्रसारण हुने भएको छ । कुरा मात्र भो यस अघि प्रत्येक शुक्रबार राती ८: ०५ मा एनटिभी प्लसबाट प्रसारण हुँदै आएको थियो । शनिबार राती ८: ३० देखी कुरा मात्र भोको प्रसारणका लागि नेपाल टेलिभिजन संस्थान र ग्लोरी मिडिया बिच ०३ गते शुक्रवार नयाँ सम्झौता सम्पन्न भएको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिएका छन् । कुरा मात्र भो हालसम्म ११ भाग प्रसारण भई सकेको उनले बताए ।

जेसिका इण्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियलको निर्देशन अर्जुन गौतमले गरेका छन् । निर्देशक अर्जुन गौतमका अनुसार सिरियलको कथावस्तु सामाजिक एवम् राजनितिक बिषयबस्तुमा केन्द्रित रहने र समसामयिकतामा आधारित रहनेछ । सो हास्य ब्यंग्य श्रृंखला युट्युब च्यानल जेसिका इण्टरटेनमेण्टमार्फत पनि हेर्न सकिने उनले बताए ।

साहित्यकार सनत आचार्यको लेखन रहेको उक्त हास्य ब्यंग्य श्रृंखलामा कलाकारहरु उत्तम अर्याल ‘कोदे’, लक्ष्मण चौलागाई आदीको अभिनय रहेको छ । त्यसैगरि कुरा मात्र भोको निमार्तामा कमल श्रेष्ठ ,कार्यकारी निर्मातामा रामचन्द्र थापा तथा राजु श्रेष्ठ, क्यामरामा जनक राज अधिकारी, सम्पादनमा राज श्रेष्ठ रहेका छन् भने निर्माण सल्लाहकारमा सरोज ओझा तथा प्रताप भट्ट र कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी रहेका छन् ।कुरा मात्र भोले दर्शकहरुलाई भरपूर मनोरंजन दिने निर्माण पक्षको दाबी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु