
सन्तोष बजगाई, काठमाण्डौं । अभिभावक विहिन भएका, शारिरिक तथा मानसिक रुपमा असक्षम र पिछडिएका क्षेत्रका किसोरीहरुलाई लामो समयदेखि संरक्षण दिदै आएको संस्था लाईट हाउस फाउण्डेसन नेपालको आयोजना तथा हिमालयन नेपाली ईभेन्ट म्यानेजमेन्टको ईभेन्ट व्यवस्थापनमा कृष्टिना खड्का, राष्ट्रको गौरव भन्ने मुल नाराको साथ विभिन्न ट्यालेन्ट सो तथा व्युटि कन्टेष्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड विजेता कृष्टिना खड्कालाई काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरिएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा काठमाण्डौंको होटल अन्नपूर्णमा आयोजित एक कार्यक्रमका बिच उनलाई बधाई तथा सम्मान व्यक्त गरिएको हो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै माननीय स्वास्थ्य राज्यमन्त्री यादवले कृष्टिनाले भविष्यमा पनि नेपाल र नेपालीको नाम सदैव विश्वमाझ फैलाउनेमा विश्वास व्यक्त गर्दै उन्नती र प्रगतिको कामना सहित बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै एक फरक प्रसंगमा मन्त्री यादवले राज्यले शिक्षा र स्वास्थ्य क्षेत्रमा आवश्यक मात्रामा लगानी नगरेसम्म देशको विकास हुन नसक्ने बताउनु भएको छ ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बालबालिकाहरुको प्रतिभालाई अभिभावकले बुझेर उनिहरुलाई सोहि अनुरुप भविश्यको लागि तयार गर्नुपर्ने धारणा राखेका थिए । लाईट हाउस नेपालले विशेष गरेर वादी समुदायका किसोरीहरुलाई संरक्षणगरि नेपाल तथा विदेशमा समेत पठन पाठनको व्यवस्था मिलाएको छ । हाल करिव ६ सयको हाराहारिमा किसोरीहरुले संरक्षण तथा शिक्षा दिक्षा पाईरहेको समेत बताईएको छ ।

कृष्टिना खड्का Little Prince and Princess 2018 मा विजेता तथा Most Talented Award, National Kids of the year Nepal 2019 मा विजेता र सिङ्गापुरमा आयोजित ४२ राष्ट्र सम्मिलित Asia Pacific Little Princess on 30 june 2019 मा समेत विजेता हुन सफल भएकी छिन् ।

हाल उनि उनको परिवारको साथमा सिङ्गापुरमा अध्ययनरत छिन् । उनको लक्ष्य भविष्यमा पैसा कमाएपछि समाजसेवामा लाग्ने रहेको छ । उनलाई लाईट हाउस नेपालले एम्वेष्टर समेत बनाएको छ । ११ वर्षको कलिलो उमेरमै उनि थुप्रै अवार्ड जित्न सफल हुनुका साथै अन्य प्रतिभाहरुमा पनि अव्वल छिन् ।



