
-ललन कुमार चौरसीया
श्रावण ४ गते, रौतहट। रौतहटको परोहा नगरपालिकाको छाया नेपाल र फ्रेड फर नेपाल को सहयोगमा बाढीपीडिहरुलाई राहत वितरण गरेका छन ।छाया नेपालको -,निशान्त गौतम, सन्तोष सिलावाल फ्रेस फर नेपाल रेवत सर NDFN-NEPAL सस्थाको अध्यक्ष राजेश साह, सचिव ललन चौरसिया र कांग्रेश प्रभावशाली बिकाश प्रेमी नेता एवं परोहा नगरपालिकाको मेयर शेख वकिलले अविरल वर्षासँगै गएको असाढ २७,२८ गते आएको बाढीले क्षत विक्षत भएका परोहाका २५० परिवारलाई राहत बाडेर पीडितको सहारा बनेका हुन । बिकाश प्रेमी मेयर नेता शेख वकिल. प्रशासकीय प्रमुख देवनाथ यादव अवदुल रब अंसारी लगायत बाढीबाट घर परिवार गुमाएका, अन्नपात लताकपडा समेतमा क्षति भई पीडित भएकाहरुलाई एक थान झुल, एक थान त्रिपाल,३० किलो चामल ,२ किलो दाल ,३ किलो चिउरा ,एक थान सुर्केस ,एक पिस नुनको पेकेट र खानेकुरा पनि वितरण गरेका हुन ।
विभिन्न समयमा जनताको चाहना र अपेक्षा अनुसार परोहा नगरपालिका पूरा गर्दै आएको छ। २५० जना महिला र पुरुषहरुलाई झुल, त्रिपाल, चामल,दाल,चिउरा ,नुन ,सुर्केस र टर्च वितरण गरेका हुन । त्यस्तै ६० जना दलित महिलााई झुल , त्रिपाल, चामल र २५ जना अपांगहरुलाई पनि झुल , त्रिपाल, चामल वितरण गरिएको इजुरहमानले जानकारी दिनुभयो । वर्षा याममा लामखुटे मान्छेलाई बढी टोक्ने गर्छन । लामखुटेको टोकाईबाट मान्छेलाई विभिन्न किसिमका रोग लाग्ने गर्छन त्यसैले लामखुटेको टोकाईबाट लाग्ने रोगलाई रोक्नको लागि आफु पहिला झुल वितरणलाई नै पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।परोहा नगरपालिकाको वार्ड न .६,५ बसन्तपटिमा एक थान झुल, एक थान त्रिपाल,३० किलो चामल ,२ किलो दाल ,३ किलो चिउरा ,एक थान सुर्केस ,एक पिस नुनको पेकेट र खानेकुरा पनि वितरण गरेका हुन ।सोहि नगरपालिकाको वार्ड न .८ नरकटियामा झुल, त्रिपाल, चामल,दाल,चिउरा ,नुन ,आदि वितरण गरेका हुन ।


