दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गैरआवासीय नेपाली संघ बहराईनमा लक्ष्मी गिरिको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित (नामसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण ११ गते, शनिबार २१:१५

काठमाडौं, ११ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बहराइनको सातौँ महाधिवेशनले लक्ष्मी गिरिको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्बाचित गरेको छ । निर्वाचित कार्यसमितिले नेपालीहरुको प्रमुख श्रम गन्तव्यमध्यको एक बहराईनमा आगामी दिनमा थप सशक्त र प्रभावकारी ढंगले कामदारको मुद्दामा सक्रिय रहने बताएको छ ।

 

निर्वाचित हुनेहरुमा प्रथम उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री, द्धितिय उपाध्यक्ष अमर श्रेष्ठ, महिला उपाध्यक्ष कृष्ण कुमारी गुरुङ, महासचिवमा राजुकुमार श्रेष्ठ, सचिवमा राजु खत्री, कोषध्यक्षमा विष्णुप्रसाद आचार्य, सह कोषाध्यक्षमा देबेन्द्र गिरी महिला संयोजकमा लक्ष्मी क्षेत्री तथा युवा संयोजकमा तिर्थबहादुर भण्डारी रहेका छन् भने पर्यटन संयोजकमा सुशिल भण्डारी निर्वाचित भएका छन् । यस्तै निर्वाचित सदस्यहरुमा दिप विक्रम राना, तिलकबहादुर कार्की, कमला सुनार विक, रविन केसी र संगीता खत्री रहेका छन् ।

उक्त अधिबेशनमा एनआरएनए उपाध्यक्ष कुमार पन्त, एनआरएनए सचीव डिबि क्षेत्री, एनआरएनए आईसीसी सदस्य मनोज गोर्खाली, कल्याण श्रेष्ठ, राजु सैयद, सुदिप कार्की, दुर्गा गिरिलगायतको उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरुले निर्बिरोध निर्बाचित नयाँ कार्यसमितिको पुर्ण कार्यकालको सफलताको कामना गर्दै शुभकामना ब्यक्त गरे ।

 

नबनिर्बाचित अध्यक्ष लक्ष्मी गिरिले बहराईनमा रहेका सबै संघ संस्थाहरुसङ्ग सहकार्य गरेर अगाडी बढने बताईन । उनले आफ्नो कार्यकालमा आफुले गर्ने कार्ययोजनाहरु बतायकी थिईन गिरिले बहराईनमा रहेका नेपाली कामदारहरु र हाउसमेडहरुको हकअधिकारको लागि काम गर्ने बताईन । उनले नेपाली राजदुताबास र नेपाल सरकारसङ्ग सहकार्य गर्दै कामदारको समस्या समाधानका लागी अगाडी बढने बताईन । गिरिले नेपाल र बहराईन बिच सिधा हवाईसेवा नहुदा धेरै समस्या परेको जनाउदै हवाईसेवा खुलाउन पहल गर्ने बताईन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु