
पोखरामा सर्वाधिक पुरुस्कार रासीको ‘प्रथम नेपाल फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराते ग्राण्ड च्याम्पियनसिप’ भदौको दोस्रो साता हुने भएको छ ।
सो प्रतियोगिता बारे जानकारी दिन नेपाल फुल कन्टयाक्ट कराते महसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दमन बस्नेतले भदौ १४ गते हुने प्रतियोगितामा ३२ महिला तथा ३२ पुरुष खेलाडीहरु सहभागिता रहने जानकारी दिए ।
प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने खेलाडीले क्रमश नगद रु १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा पुरुष तथा महिला खुल्ला तौल समुहमा प्रतिष्पर्धा गर्ने जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख खर्च लाग्ने अध्यक्ष बस्नेतले जानकारी गराएका छन ।
खेलको पहिचान, खेल प्रतिको आकर्षण, खेलाडीको उत्साह र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग पुर्याउन अमेरिकामा रहेका युनाइटेड नेप्लीज क्योकुशिन एडभान्समेन्टका केन्द्रिय सदस्य निमा शेर्पा सो अबसरमा उपस्थित रह्नु भएका थिए।
युनाइटेड नेप्लीज क्योकुशिन एडभान्समेन्टको सह आयोजनमा हुने प्रतियोगितामा पदक बिजेता खेलाडीलाई नगद बाट पुरुस्कृत गर्न लागेको जानकारी कोषाध्यक्ष सुरज इन्द्र मल्लले गराउनु भएको थियो।


