दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मल्लकालिन समयमा निर्माण भएको लगनखेल स्थित न्हुँ पोखरीको पूनर्निर्माण कार्यले निरन्तरता पाउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १६ गते, बिहीबार १६:३१

ललितपुर, १५ श्रावण – मल्लकालिन समयमा निर्माण भएको लगनखेल स्थित न्हुँ पोखरीको पूनर्निर्माण कार्यले निरन्तरता पाउने भएको छ । ललितपुर महानगरपालिकाको वडा नंबर ०५ मा अवस्थित यस पोखरीको पूनर्निर्माणका लागि वडा कार्यालयको पहलमा महानगरपालिका मार्फत आवश्यक बजेट समेत विनियोजन गरिएको छ । पछिल्लो चरणमा न्हुँ पोखरीको पूनर्निर्माणको गुरुयोजना तयार पार्ने काम करिब करिब अन्तिम चरणमा पुगेको छ । त्यस्तै पोखरीको पूनर्निर्माणको गुरुयोजनालाई अन्तिम रुप दिन सरोकारवाला बीच बैठक पनि बस्दै आएको छ । यसलाई छिट्टै नै सम्पन्न गर्ने गरि नियमित बैठक बस्ने तथा राय, सुझाव लिने काम भैरहेको न्हुँ पोखरी संरक्षण तथा पूनर्निर्माण समितिका अध्यक्ष सतिस नारायण जोशीले बताए । त्यसो त गत शनिवार मात्रै पनि वडा कार्यालयमा समितिको बैठक बसी गुरुयोजना बारे बृहत छलफल गरिएको थियो । छलफलका क्रममा पोखरी संरक्षण समितिका संयोजक आर्किटेक्ट विजय श्रेष्ठले गुरुयोजना प्रस्तुत गरेका थिए ।आर्किटेक्ट श्रेष्ठद्वारा तयार उक्त गुरुयोजनामा पोखरीको पुरानो संरचनालाई ध्यानमा राख्दै वर्तमान आवश्यक्ता अनुरुप आधुनिकता सुहाउँदो ढाचालाई समेटिएको छ । सो गुरुयोजनामा पार्क निर्माण, बत्ती जडान, पोखरीको तटबन्ध, खुला क्षेत्रको उपयोगिता, पानी संकलन आदी बिषयको प्राविधिक पक्षलाई समेटिएको छ ।

पोखरीको पूनर्निर्माणका लागि समितिले विज्ञहरुसँग परामर्श सेवा लिदै आएको छ । यसका लागि रानी पोखरी पूनर्निर्माणमा समेत सकृय भक्तपुर स्थित भाजु पोखरी संरक्षण उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद डमरुलाई परामर्शदाताका रुपमा डाकिएको छ ।

पोखरीको पूनर्निर्माण कार्यमा कुनै प्रकारको त्रूटी नहोस् भन्ने मनसायले योजना निर्माणको काम भैरहेको न्हुँ पोखरी संरक्षण तथा पूनर्निर्माण समितिका सचिव राम कृष्ण महर्जनले बताए ।

यसै माझ ललितपुर महानगरपालिका ०५ का वडाध्यक्ष विकासमान श्रेष्ठले दिर्घकालिन सोचका साथ पोखरी पूनर्निर्माण कार्यलाई अगाडी बढाईने बताए । ‘न्हु पोखरी यहाँ स्थित ढुङे धारा र इनारको पानीको मुख्य श्रोत हो, हाम्रो सभ्यतासँग यो प्रत्यक्ष जोडिएको छ, तसर्थ पनि यसको पूनर्निर्माणका क्रममा हामीले यसको एेतिहासिक पक्ष, वैज्ञानिक पक्ष र जन चाहना एबम उहाँहरुको आवश्यकतालाई दृष्‍टिगत गरि पोखरीको पूनर्निर्माण गर्दैछौ’ उनले भने ।

न्यू पोखरी : विगत देखी वर्तमानसम्म

मल्लकालमा निर्माण भएको न्हु पोखरी लगनखेल क्षेत्रमा रहेका हिटी एबम इनारहरुको पानीको मुलश्रोतका रुपमा प्रयोगमा रहदै आएको थियो । तत्समयमा टिका भैरवबाट दुई वटा राजकुलो मार्फत पानी ल्याई यस पोखरीमा खसाल्ने गरिन्थ्यो । पानीको श्रोत सुक्नुका साथै अब्यवस्थित शहरीकरणका कारण यहाँ पानी ल्याउन कठिनाइ भए पछी यो पोखरी सुक्न पुगेको थियो । एक ताका यो पोखरीको पानी सुकि कमिला हिड्ने भएको थियो । तत्पस्चात यस पोखरीमा बर्षातको समयमा नालाको पानी खसाल्ने गरिन्थ्यो । यस क्रममा ढलबाट आउने पानीका कारण पोखरी दुर्घन्धित बन्न पुग्यो ।र केही समय यो डम्पिङ साईटमा परिणत पनि भयो ।

यस पोखरी सुक्खा भए पछि यहाँका ढुङे धारा एवम इनारहरुमा पानी आउन बन्द भएसँगै स्थानियहरुले लामो समयसम्म सकस खेप्दै आएका थिए । यद्यपी स्थानियको सकृयतामा विगत २५ (३० बर्ष देखी यसलाई पूर्ववत अवस्थामा ल्याउने प्रयासको थालनी गरिएको थियो । तत्कालिन उपमहानगर पालिकाको सात दलको संयन्त्रले न्हूँ पोखरी सहित ३ वटा पोखरीमा थुप्रिएको माटो झिकी सफा गर्न रु १८ लाख बजेट विनियोजन गरि संरक्षणको प्रयासको थालनी गरेको थियो । त्यस मध्ये यस पोखरीको समयमै सफा गर्ने काम सम्पन्न भयो । यो पोखरी बनाउन ५ वडा संरक्षण समिती, स्थानिय टोल र वडाबासीले महत्वपूर्ण योगदान पुर्याउदै आएका छन् ।

२०७४ सालमा सम्पन्न स्थानिय निर्वाचन पछी वडा स्थित जननिर्वाचित प्रतिनिधीको पहलमा यस पोखरीको संरक्षण तथा पूनर्निर्माणका लागि आवश्यक बजेट ब्यवस्थापन गरिएसंगै यस पोखरीको सरसफाई लगायत पूनर्निर्माण सम्बन्धी कार्य अगाडी बढदैछ । यसको पूनर्निर्माणका लागि गुरुयोजना तयार पार्ने काम सम्पन्न भै कार्यन्वयनको अन्तिम चरणको पर्खाईमा रहेको छ । यस पोखरीको पूनर्निर्माणको लागि आ.ब. ७६ र ७७ मा रु १ करोड बिनियोजित भएको छ । यसको पूनर्निर्माण बहुबर्षिय योजना अनुरुप चलेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु