दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सभामुख महराबाट पूर्व प्रजिअ पौडेलको आफ्नै भुमी आफ्नै अनुभव कृति लोकार्पण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १७ गते, शुक्रबार १६:५६

काठमाडौं, १७ श्रावण – पूर्व प्रमुख जिल्ला अधिकारी धन प्रसाद शर्मा पौडेलको संस्मरणात्मक कृति आफ्नै भुमी आफ्नै अनुभव लोकार्पण भएको छ । शुक्रवार प्रज्ञा भवनमा आयोजित एक समारोह माझ सभामुख कृष्ण बहादुर महराले उक्त कृतिको लोकार्पण गरे ।

आफ्नै भुमी आफ्नै अनुभवको लोकार्पण पस्चात् प्रमुख अतिथीको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभामुख महराले लेखक आफ्नो सहपाठी रहेको स्मरण गर्दै उनी एक देशभक्त राष्ट्रसेवक रहेको बताए ।

कृतिका लेखक धन प्रसाद शर्मा पौडेलले आफूले देखे भोगेका कुरालाई आत्मकथाका रुपमा पाठक माझ प्रस्तुत गर्न पाउदा निकै खुशी लागेको बताउदै कृतिमा प्रशासन तथा ग्रामिण भेगको कुरा र आफ्नो निजी जिवनका बारेमा शब्दहरु कोरिएको बताए ।

कार्यक्रममा पत्रकार तथा साहित्यकार प्रमोद प्रधान र समालोचक ज्ञानु अधिकारीले आफ्नै भुमी आफ्नै अनुभव नेपाली साहित्य फाटका लागि एक राष्ट्रसेवक कर्मचारी एबम् देशभक्त नागरिकको अनुपम उपहार रहेको औंल्याएका थिए ।

कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, नागार्जून नगरपालिकाकी उपमेयर सुशिला अधिकारी, पूर्व प्रशासक लगायत गन्यमान्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।
उक्त कृति बि एन पुस्तक संसारले प्रकाशन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु