
१८ साउन, चितवन
चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि नवलपरासी रामग्राम ३ का २५ वर्षीय मिदेश नेपालको ज्यान गएको प्रहरीले जनाएको छ ।
शनिबार इँट्टा लोड गरेर रौतहटबाट काठमाडौंतर्फ गइरहेको ना ८ ख २२८४ नम्बरको ट्रक र विपरित दिसाबाट आइरहेको लु ४२ प ६५४२ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएको हो ।
नारायणगढ मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका २९ सेतीदोभानमा एक आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक नवलपरासी रामग्राम ३ का २७ वर्षीय दिनेश नेपाल र पछाडि सवार मिदेश घाईते भएका थिए ।
मिदेशको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।समचार लालखबर डट कम मा छ।


