दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मोडल सङ्स सम्मान समर्पण बाट पौडेल सहित ४ जना सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण १९ गते, आईतवार १४:३०

काठमाडौं, १९ श्रावण – अनलाईनखबर डटकमका सह सम्पादक चिरन्जिवी पौडेल मोडल सङ्स नेपाल पत्रकारिता सम्मान २०१९ बाट विभुष्ति भएका छन् । शनिवार राष्ट्रिय नाच घर जमलमा आयोजित एक कार्यक्रम माझ पौडेल सम्मानित भएका हुन । मोडल सङ्स नेपालले आयोजना गरेको सो कार्यक्रम माझ विगत दुई दशक देखी अनवरत रुपमा कलम चलाउदै पत्रकारिता क्षेत्रमा सकृय रहदै आएका पौडेल सहित अन्य ३ जनालाई सम्मान गरिएको थियो । पौडेल सहित सम्मानित हुनेमा गीतकार डि पि परिश्रमी, गायककार एबम संगितकार विनोद पछाई र समाजसेवी जुना श्रेष्ठ रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, आयोजक संस्थाका प्रमुख डेभिल सिंह राजपुत र सल्लाहकार चन्द्रकला न्यौपानेले खादा, दोसल्ला र सम्मानपत्र सहित सम्मान गरे ।

ततपस्चात् कार्यक्रममा प्रमुख अतिथीको आसनबाट आफ्नो मन्तब्य धारणा राख्दै अध्यक्ष श्रेष्ठले उत्तम विचार, असल बानी ब्यहोरा, लगाव र धर्यताले नै मानिसलाई सफल बनाउने राय पेश गरिन भने सम्मानित ब्यक्तित्वहरुलाई बधाई समेत दिएकी थिईन ।

कार्यक्रममा कर्पोरेट म्यागाजिनका अध्यक्ष तथा प्रधान सम्पादक उज्ज्वल जंग शाह, इभेन्ट ब्यवस्थापन संघका प्रवक्ता तथा नेपाल पत्रकार महासंघ, एशोसियट प्रदेश कमिटी सदस्य सरोज ओझा, स्वर्गिय विरेन्द्र स्‍मृति प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल, न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्ट, कलाकार शितल केसी, सुश्मा कार्की, मोडल सिताश्मा हमाल , नोट डिजाईनर सुन्दर श्रेष्ठ लगायतको ऊपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु