दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनसिसि कतारबाट आईसिसि सदस्यका लागी शर्माले दिए उमेद्धवारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ श्रावण २३ गते, बिहीबार १२:१६

दोहा , गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारको आइसिसी सदस्यमा चितवनका युवराज शर्माले उम्मेदवारी दिएका छन् ।

एक दशक देखी कतारलाई आफ्नो कर्मभुमी बनाईरहेका एनसिसि कतारका वर्तमान सचिव समेत रहेका शर्माले एन आर एन ए एनसिसि कतारको आठौं अधिवेशनको लागि उम्मेदवारी दिएका हुन ।

गैरआवासीय नेपाली संघको ९ औ अधिवेशन नजिकिएसंगै विभिन्न रास्टिय समन्वय परिषदको चुनावी माहोल समेत तातेको छ । यसै क्रममा एनसिसि कतारबाट आईसिसि सदस्यका लागी शर्माले पनि मनोनयन दर्ता गराएका हुन ।

कतारको नेपाली समुदायमा बिभिन्न सामाजिक संस्थामा रही निरन्तर सामाजिक सेवामा सक्रिय चितवनको साबिक मंगलपुर ४, हाल भरतपुर महानगरपालिका १६ फुर्तिचोकका शर्मा सामाजिक समस्या पहिचान तथा, जानचेतनाका लागि एनसिसि कतार र आइसिसी साथै सगँ समन्वय गरि काम गर्ने बताए ।

शर्माले सामाजिक पदमा रहेर काम गर्नु भनेको आफु कांचको घरमा बस्नु हो साथै आफुलाई सामाजिक कार्यदिशामा लम्कीरहदाँ आफु पनि पूर्ण रुपमा इमान्दारी हुनु जरुरी छ र समाजलाई आफुले दिएको योगदान संगै आफैले पनि समाजबाट धेरै कुरा सिक्ने बातावरण मिल्छ भन्ने कुरामा विश्वास रहेको बताए ।

विगतका दिनमा एनआरएन ए कतारको विभिन्न उपसमितिमा रहेर समाज प्रति सकारत्मक काम गर्दै आईरहेका शर्मा एनआरएनए एसिसि कतारको २०१७ देखी २०१९ कार्यकालमा सचिव पदमा रहेर आफ्नो जिम्मेबारी निर्वाह गरिरहेका छन ।

कतारमा आफ्नो दैनिकी सँगै सामाजिक कार्यमा पनि व्यस्ता रहने शर्मा विगतका दिनमा कतारमा संस्थागत रुपमा चितवन युवा समुह कतारको सदस्य हुँदै सल्लाहकार, र वर्तमान प्रदेश नम्बर ३ कतारका सल्लाहकार रहेर सामाजिक कार्यहरुमा निरन्तरता दिईरहेको बताउछन ।

साथै शर्माले सामाजिक संघसंगठनमा लाग्नको लागि निरन्तर साथ सहयोग र हौसला प्रदान गर्नुहुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा एनसिसि कतारले तय गर्ने कार्यक्रमलाई सफल बनाउनको लागि आवाश्यक साथ सहयोग गर्दै आइसिसि र एनसिसि बिच समन्वयको लागि आफ्नो विशेष भुमिका रहने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु