दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गैरआवासीय नेपालीलाई नागरिकतासँगै पासपोर्ट पनि दिने व्यवस्था पनि हुनुपर्छ : आचार्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र २ गते, सोमबार १७:१६

क्यानडा / गैरवासीय नेपाली संघ (एनआरएन)का केन्द्रीय उपाध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकतासँगै पासपोर्ट दिने व्यवस्था पनि हुनुपर्ने बताएका छन्। शनिबार टोरोन्टोमा आयोजित एनआरएन क्यानडाको १२औं साधारणसभालाई सम्बोधन गर्दै आचार्यले संसदको राज्य व्यवस्था समितिमा भएको छलफलपछि आशंका उब्जिएको बताउँदै कानून नबन्दासम्म यसका लागि प्रयास जारी राख्न, चनाखो रहन र लबिङ गरिरहन आग्रह पनि गरे।
‘गैरआवासीय नेपाली नागरिकता ऐनमा उल्लेखित सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार भनेको के हो भन्ने स्पष्ट पार्न जरुरी छ। त्यस्तै नेपाली नागरिकको रुपमा हामीसंग रहेको सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाए पछि पनि सुरक्षित हुनेछ भन्ने प्रस्ट खुलाउन जरुरी छ। भूतपूर्व गोर्खाहरुको लागि पनि विशेष व्यवस्था हुनुपर्छ,’ उनले भने।
आचार्यले गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुबाट पनि निवेदन दिन सकिने व्यवस्था मिलाउनु पर्ने, तीन पुस्तालाइ मात्रै दिने प्रावधान खारेज गर्नुपर्ने र भाषाको अनिवार्यता हटाउन आवश्यक रहेको बताए।
गैरआवासीय नेपालीहरुले नेपालमा शिक्षा, स्वास्थ्य, पर्यटन, जलश्रोत आदि क्षेत्रमा अर्बौं रुपैयाँ बराबरको लगानी गरिसकेको बताउँदै आचार्यले नेपालको विकास र रुपान्तरणका लागि बौद्धिक लगानी पनि त्यत्तिकै महत्वपूर्ण हुने बताए।
‘नेपालमा बौद्धिक लगानीको कुरा गर्दा हामीले प्रमोद ढकाल जस्ता अभियन्तालाई बिर्सन हुंदैन, उहाँहरुको सम्मान गर्ने वातावरण बनाउनु पर्छ,’ उनले भने। आचार्यले आगामी अक्टोबर महिनामा काठमाडौँमा हुन गइरहेको एनआरएनएको विश्व सम्मेलनमा केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताइसकेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु