दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सको आठौं अधिबेशनले अध्यक्षमा नरेन्द्र शाही ठकुरी निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ३ गते, मंगलवार २०:४५

काठमाडौं ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) फ्रान्सको आठौं अधिबेशनले अध्यक्षमा नरेन्द्र शाही ठकुरीलाई निर्वाचित गरेको छ । अगस्त १८ मा सम्पन्न परिषद्को आठौ महाधिबेशन र निर्वाचनले ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको हो ।

एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल महासचिव रहेर परिषद्मा सक्रिय भूमिका निर्वाह गरेका ठकुरीको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षद्धयमा गीता थापा, अमर भण्डारी महासचिवमा मिन श्रेष्ठ, सचिवमा राजु खप्तडी, कोषाध्यक्षमा लाल बहादुर सोडारी, सहकोषाध्यक्षमा संगीता तिमिल्सिना, महिला संयोजकमा मिली कोइराला, युवा प्रतिनिधिमा दिलिप गुरुङ र सदस्यहरुमा कमल काफ्ले, अशोक कुँवर, सुर्य बहादुर क्षेत्री र उदय राज पाण्डे निर्वाचित भएका हुन् ।

त्यस्तै संघको आइसीसी सदस्यमा पारु (पार्वती) मल्ल निर्वाचित भएकी छन् । आइसीसी पर्यवक्षकको रुपमा एनआरएन जर्मनीका भूपु अध्यक्ष नबराज रोस्याराको उपस्थिति रहेको उक्त अवसरमा निर्वाचन समितिका संयोजक किरण चन्द्र प्रधानले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान तथा सपथ ग्रहण गराएका थिए । एक बहादुर मल्लको अध्यक्षतामा सम्पन्न उक्त महाधिवेशन कार्यक्रमको संचालन नरेन्द्र शाही ठकुरीले गरेका थिए । ३७० जना पंजीकृत सदस्यहरु रहेको एनआरएन फ्रान्सको निर्वाचनमा २ ओटा प्यानलबीच प्रतिस्पर्धा भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु