दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बज्र एकेडेमीमा विज्ञान प्रदर्शनी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ७ गते, शनिबार १६:२८

ललितपुर, ०७ भाद्र -गोदावरी नगरपालिका १३ स्थित झरुवाराशीमा अवस्थित बज्र एकेडेमीमा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । शनिवार आयोजित उक्त प्रदर्शनी माझ एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले शिक्षण सिकाई अन्तर्गत अभ्यासका क्रममा सिकेका कुराहरुलाई डेमोका रुपमा प्रस्तुत गरेका थिए ।

प्रदर्शनीमा स्वचालित रोबोट, वनस्पति लगायत विज्ञानसँग सम्बन्धित सामाग्री राखिएको थियो । उक्त प्रदर्शनीमा विद्यार्थी, अभिभावक एबम अध्यापकहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रयोगात्मक शिक्षण सिकाईको अवधारणा अनुरुप विद्यार्थीहरुको प्रत्यक्ष संलग्नतामा विज्ञान प्रदर्शनी आयोजना गरिएको बज्र एकेडेमीका निर्देशक भुपेन्द्र बिक्रम थापा बताए ।‘हामीले बिद्यार्थीहरुलाई थेउरीसँगसंगै प्राक्टिकल ज्ञान र सिप पनि बरोबर रुपमा दिने गर्दै आएका छौं र बिद्यार्थीहरुले कोर्ष अफ स्टडीमा पढेका तिनै कुरालाई अभ्यास गर्दै सिक्न प्रेरित गर्न मासमा गरिने यस्ता प्रदर्शनीले अझ हौसला मिल्ने हुँदा यो विज्ञान प्रदर्शनी आयोजना गरेका हौ ‘ उनले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु