काठमाडौ । महानगरीय प्रहरी वृत्त कमलपोखरी र महाराजगन्जका नव आगन्तुक प्रहरी प्रमुख हरूको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । जुनियर प्रहरी शिक्षालय भरतपुर बाट प्रनाउ भरत बहादुर बिश्वकर्मा वृत कमलपोखरी मा र प्रपका बाट प्रनाउ उमेश लम्साल वृत महाराजगन्ज मा साथै ट्राफिक प्रहरी कमल पोखरी मा हालै सरूवा भई आउनु भएका प्रनि सुनिल कार्की सहित तिनै जना लाई बिशेश स्वागत गरियो। सामुदायिक सेवा केन्द्र टुँडालदेबी र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदवी सयुत्त आयोजना सामुदायिक सेवा केन्द्र टुँडालदेवी का अध्यक्ष राम प्रसाद न्यौपानेको सभापतित्वमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा प्रनाउ भरत बहादुर बिश्वकर्मा,प्रनाउ उमेश लम्साल,प्रनि सुनिल कार्कि लाई सामुदायिक सेवा केन्द्र का अध्यक्ष न्याैपानेले अबिर दोसल्ला लगाई र फुल दिएर स्वागत गरेका थिए ।
स्वागतपछि बोल्दै नवआगन्तुक प्रहरी प्रमुख हरूले सामाजिक बिकृति, विसङ्गति न्युनीकरण गर्न जनतासँग सम्बन्ध सुधार गरी समाजमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने र सबै ले आ–आफ्नो ठाउँबाट रचनात्मक भूमिका खेल्लीदिन आग्रह गरे।
कार्यक्रम मा काठमाडौ महानगर ४का वडा अध्यक्ष मोहन बहादुर बिष्ट,सल्लाहकार हरू पूर्व जर्नेल शिवराम प्रधान,पूर्व अतिरिक्त महानिरिक्षक अमरसिँह शाह,समाजसेवि अच्युत प्रसाद सापकाेटा,वडासदस्य दिनेश महजन,धुर्ब त्रिपाठी ,कल्पना बयलकोटी,सरूअधिकारी ,समाजसेवी,जेष्ठ नागरिक लगाएत वडा बासीहरूको बाक्लो उपस्थिति रहेको थियोे ।सामुदायिक सेवा केन्द्र का सचिव मीन प्रसाद पौडेल ले कार्यक्रम संचालन गनुभएको थियो ।