
काठमाण्डौं, २४ भाद्र – स्याटको वार्षिक कार्यक्रम अन्तरगत धुम्बाराही स्थित युनिभर्सल स्कुलमा अन्तर विद्यालय नाटक प्रतियोगित सम्पन्न भएको छ । नाटक प्रतियोगितामा पिक प्वाइन्ट स्कुल चुनिखेल प्रथम, युनिभर्सल स्कुल धुम्बाराही द्धितिय र साम्तेन स्कुल कपन तृतीय भएका छन् । विजयी टोलीलाई कार्यक्रमका प्रमुख अतिथि एन प्याब्सनका निवर्तमान सचिव एवं स्याटका प्रमुख सल्लाहकार प्रल्हाद दाहालले सिल्ड र मेडल बितरण गरेका थिए ।
स्याटका सदस्य विद्यालय मध्ये यस वर्षको उत्कृष्ट विद्यालयको उपाधी चुनिखेल स्थित पिक प्वाइन्ट स्कुलले प्राप्त गरेको छ । कार्यक्रममा एस ई ई २०७५ मा उत्कृष्ट नतिजा ल्याउन सफल स्याटका सदस्य विद्यालय र बिद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
स्याटका अध्यक्ष विजय खरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्याटका सचिव शक्ती नेपाल, गोल्डेन गार्डेन स्कुलका निर्देशक प्रदिप भट्टराई ,पिक प्वाइन्ट स्कुलका सहायक प्रअ महेश केसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै दाहालले सबै मानिस कलाकार भएको बताए । ‘हामी सबैजना समय अनुसार आफ्नो भुमिका भरक हुने र तेहि अनुसार आफुलाई प्रस्तुत गर्ने गरेकाले हामी सबैजना कलाकार हौ’ उनले भने । साथै, हामी जे गर्छौ मन लगाएर गरौं सफल भइन्छ भन्ने आशय सहितको धारणा उनले राखे ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै अध्यक्ष खरेलले सबैलाई असल कार्यमा लाग्न र शत प्रतिशत मेहनत लगाएर काम गर्दा कहिल्यै असफल नहुने बताए ।


