बुटवल – साधना लघुबित्त बित्तीय संस्था लि.ले बुटवल क्षेत्रका कर्मचारीहरुलाई धितो कर्जा ब्यवस्थापन तालिम दिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेको अध्यक्षतामा बुटवलमा सम्पन्न उक्त तालिम कार्यक्रमको उदघाटन संस्थाका संस्थापक शेयरधनी गंगा ढकालले गरेका थिए । लघुबित्तको आधारभुत अबधारणा, सदस्य तथा कर्जा बिस्तारमा कर्मचारीको भुमिका र बिशेष गरी धितो कर्जा लगानी गर्दा ध्यान दिनु पर्ने बिषय बस्तु बारेमा जानकारी गराउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको जानकारी संस्थाका बिभागीय प्रमुख रुपेश कुमार झाले दिए । उक्त तालिममा गुणस्तरीय धितो पहिचान गर्नलाई ध्यान दिनुपर्ने कुराहरु, नगद प्रवाह बिश्लेषण, कर्जा सदुपयोगिताको बारेमा वित्तीय संस्थाका संस्थापक शेयरधनी हरी प्रसाद डुम्रेले सहभागीहरुलाई सहजीकरण गरेका थिए । उक्त तालिममा बित्तिय संस्थाका संस्थापक शेयरधनि खगेन्द्र प्रसाद शर्माले तालिम सफलताको लागी शुभकामना ब्यक्त गर्नुभएको थियो भने प्रमुख कार्यकारी अधिकृत श्री रेशम न्यौपानेले लघुवित्त क्षेत्रको बर्तमान अवस्था र चुनौतिको बारेमा जानकारी गराउदै चुनौती संग जुध्ने क्षमता विकास गर्नलाई सहभागीहरुलाई उत्प्रेरित गरेका थिए । संस्थाले आफनो स्थापनाको २ बर्षको छोटो अवधीमाझ अति बिकट पहाडी क्षेत्र तथा ग्रामिण क्षेत्रमा ४३ ओटा शाखा बाट ३६००० भन्दा बढी बिपन्न सदस्यहरुलाई सेवा दिदै आएको साधना लघुबित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।