दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दरबार रोधी घरले “दशैँ तिहार बिशेष सांगीतिक धमाका” गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १२ गते, आईतवार ६:३७

काठमाडौँ – नेपालीहरुको महान् चाड बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा दरबार रोधी घरले “दशैँ तिहार बिशेष सांगीतिक धमाका” गर्ने भएको छ । “दरबार रोधी घरको शान नेपाली लोक दोहोरी कलाकारहरुको सम्मान र पहिचान” भन्ने मुल स्लोगनका साथ जमल स्थित दरबार रोधीघरले यहि असोज १२,१३ र १४ गते (बेलुका ७ बजे देखि सुरु भई बिहान २ बजेसम्म) ख्याति प्राप्त कलाकारहरुका साथ प्रस्तुति दिने भएको हो ।

कार्यक्रममा चर्चित गायक गायिकाहरु राम जी खाँड, राजु परियार, पशुपति शर्मा, पुष्कल शर्मा, देबि घर्ति, राजु ढकाल, कुलेन्द्र बि.क, टिका सानु, डिला बि.क, पुर्णकला बि.सी, रिना थापा, शंखर बि.सी, दुर्गेश थापा, सुमन परियार, मिना तामाङ्ग, कृष्ण रेउले, आश्रम गुरुङ्ग, कुष्ण आँशु, मिरा गिरी, पुर्णिमा लामा, मिना लामा, सुनिल थापा लगाएत अन्य कलाकाहरुको प्रस्तुती रहने छ ।

साथै कार्यक्रममा पछिल्लो समय दर्शक र श्रोताको मन मुटुमा बस्न सफल कार्यक्रम इन्द्रेणीका प्रस्तोता कृष्ण कँडेलको पनि उपस्थितीसँगै बिशेष प्रस्तुती रहने छ भने केहि समय अगाडि भद्रगोल हुँदै सक्किगोनी नामक टेलिसिरीयलबाट चर्चा कमाएका कुमार कट्टेल “जिग्री”, अर्जुन घिमीरे “पाँडे”, सागर लम्साल “बले”, हरिश निरौला “कक्रोज”लगाएत टिमको पनि बेजोड प्रस्तुति रहने छ ।

कार्यक्रममा टिकट रु १००० लाग्ने छ भने १ बियर वा स्नाक फ्रि रहने छ । थप जानकारीका लागि दरबार रोधी घरका सञ्चालक अशोक गिरी (९८५१०९००३५) लाई सम्पर्क गर्न सक्नुहुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु