काठमाडौं–गत तीजमा जताततै प्रथामिकतामा परेको गायक दुर्गेश थापाको गीत ‘बिच्च बिच्चमा’लाई फिल्म ‘छ माया छपक्कै’ प्रमोसनल गीत बनाएको छ । २४ असोजबाट प्रदर्शनमा आउने यो फिल्मले शुक्रबार प्रमोसल गीतको रुपमा यो गीत सार्वजनिक गरेको हो । प्यारोडी पारामा फिल्मको प्रचार गर्ने शब्द राखेर बनाइएको यो गीतमा फिल्म हेर्न दर्शकलाई आग्रह समेत गरिएको छ । गीतमा गायक दुर्गेश स्वयंको शब्द, संगीत र स्वर छ ।
भक्तपुरको राधेराधे चोकमा रहेको अग्लो भवनमा छायाँकन भएको गीतको भिडियोमा गायक दुर्गेश सहित कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौला पनि देखिएका छन् । गीतले फिल्मको प्रचारमा टेवा पुग्ने बिश्वास निर्माण युनिटको रहेको छ ।
दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘छ माया छपक्कै’ मा दीपकराजले एक युवा नेताको भूमिका छन् । दीपकको अलवा जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौला, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । राजनीतिक पृष्ठभूमिमा पलाउने प्रेमकथा समेटिएके फिल्मको कार्यकारी निर्माता जितु नेपाल र केदारप्रसाद घिमिरे हुन् भने निर्माता रोहित अधिकारी रहेका छन् ।