दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एक्सप्लोर इस्टिच्युटमा अभिमुखिकरण कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ आश्विन १५ गते, बुधबार १९:०८

काठमाडौं, सिटिईभिटी तथा युरो टेक्निकल एण्ड भोकेशनल एकेडेमी, मलेसियाबाट सम्बन्धन प्राप्त राजधानी स्थित कालिमाटीमा संचालित एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टले त्यहा अध्ययनरत ४० जना विधार्थीहरुलाई होटल ब्यवस्थापन सम्बन्धी अभिमुखिकरण तालिम दिएको छ । सेफ एशोसियसन अफ नेपालका अध्यक्ष सेफ श्रीराम अधिकारीको प्रमुख आतिथ्यता माझ सम्पन्न उक्त अभिमुखिकरण तालिमका क्रममा विधार्थीहरुलाई किचेन, हाउस किपीङ, फ्रण्ट अफिस, फुड एण्ड वेभरेज सर्भिस, हस्पिटालिटी इङ्लिश, ब्यक्तित्व विकास आदीका बारेमा प्रशिक्षण दिईएको थियो ।

सो अवसरमा प्रमुख अतिथि अधिकारीले होटल ब्यवस्थापनको क्षेत्रमा अभिमुखिकरण तालिमको उच्च महत्व रहेको बताउदै यस्ता तालिमले रोजगारीको सुनिश्चितता गर्ने धारणा राखेका थिए ।

त्यस्तै, एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टका अध्यक्ष राजेन्द्र प्रसाद त्रिपाठीले हस्पिटालिटी म्यान्जेमेण्टको कोर्ष अध्ययन पस्चात हासिल हुने शिपले रोजगारीको लागि त्यसै भौतारिरहनु नपर्ने तर्क पेश गर्दै उक्त इन्स्टिच्युटबाट पास आउट भएका अधिकांश बिद्यार्थीहरुले स्वदेश एबम विदेश स्थित स्तरिय होटल एबम रेस्टुराहरुमा रोजगारी पाएको बताए । उक्त इन्स्टिच्युटमा पिडिएचएम सम्बन्धी ६ महिने कोर्षको पठन पाठन हुँदै आएको पनि उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु