“ बधाई छ जेठाबां “
————-
१) बधाई छ जेठाबा तपाईलाई तपाईको छोरापनी अब परदेश गएकोमा |
बधाई छ तपाईपनी अब लाहुरेको बांउ हुनुभएकोमा |
२. बधाई छ जेठाबा तपाईलाई तपाईको छोराले अब यो देशमा जन्मनुको भार तिर्नेछ |
बधाई छ तपाईको छोराले अब स्वतन्त्र देशमा जन्मीएर दाशत्वको बील्ला भिर्नेछ |
३. बधाई छ जेठाबा तपाईलाई तपाईको छोरो अब परदेशमा रगतको आशु रूने छ |
बधाई छ तपाईको छोराअब यो देशको नेता पाल्ने अभीयानमा सहभागी हुनेछ |
४. बधाई छ जेठाबा तपाईलाई तपाई को छोरो अब गुलाम बनी पलपलमा बाचेर मर्नेछ |
बधाई छ तपाईलाई तपाईको छोरा ले अब देशको लागी ठुलै योगदान गर्नेछ |
५. बधाई छ जेठाबा तपाईलाई तपाईको छोराले अब परदेशको भुमीमा परीआय आफ्नो ज्यान फाल्ने छ |
बधाई छ तपाईलाई तपाईको छोराले अब ज्यानको आहुती दियर भयनी देशका नेता पाल्नेछ |
लब खड्का
बुढानिलकण्ठ नगरपालीका वडानं-६
हात्तीगौडा खड्कागाउ काठमाण्डौ नेपाल ,