काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष निर्वाचित भएका छन् ।
अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गर्दै पन्त विजयी भएका हुन् ।
यद्धपी निर्वाचन कमिटीले औपचारिक रुपमा मतपरीणाम सार्वजनिक गरिसकेको छैन ।
जर्मनीमा व्यवसाय गरेर बसेका पन्तले बेलायतमा व्यवसाय गरेर बसेका कुल आचार्यलाई हराउदै २ कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन् ।
अध्यक्षमा निर्वाचित पन्त यो भन्दा अगाडिको कार्यसमितिमा उपाध्यक्ष थिए । आचार्य पनि उपाध्यक्ष नै थिए ।