दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

व्यापार प्रवर्द्धनमा लाग्न नयाँ राजदूतहरुलाई चेम्बरको आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक ८ गते, शुक्रबार १७:१७

काठमाडौं, कार्तिक ८ अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतहरुले व्यापार एवं पर्यटन प्रवर्द्धनमा आफु योजनाका साथ लाग्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दैं अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालले अष्ट्रेलियासँग सीधा उडानका लागि मूर्तरुप दिन लागिपर्ने बताए । ।

उनले स्वदेशी वस्तुको प्रवर्द्धन गर्न अष्ट्रेलियाका निजी क्षेत्रसँग नेपाली निजी क्षेत्रको समन्वय गराउन पहल गर्नेसमेत बताए ।

यस्तै, स्पेनका लागि नवनियुक्त राजदूत दावाफुटी शेर्पाले राजदूतकोरुपमा आफ्नो पहिलो अनुभव भएको भन्दै उच्च मनोबलका साथ काम गर्ने बताइन् ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वदेशी वस्तु निर्यात गराउन, पर्यटन एवं लगानी भित्र्याउन पहल गर्न राजदूतहरुलाईं आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु