साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

अपांगता हुंदैमा हरेश खानुपदैन, हिनता बोध गर्नुपदैंन तपाँईहरुको पिडामा काँग्रेस साथ मै छ: देउवा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक ९ गते, शनिबार २१:३५

रबिन थपलिया
काठमाण्डौं ९,कार्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अपांगता भएका व्यक्तिहरुलाई अन्य नागरीक सरह पुर्ण अधिकार दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अपांगता भएका व्यक्तिहरुलाई अधिकार दिलाउन काँग्रेस साथमै रहेको बताँउदै सभापति देउवाले भन्नुभयो “अपांगता हुंदैमा हरेश खानुपदैन, हिनता बोध गर्नुपदैंन तपाँईहरुको पिडामा काँग्रेस साथमै छ”

राष्ट्रिय लोकतान्त्रीक अपांग संघ केन्द्रीय कार्यसमितिद्धारा आज काठमाण्डौंको भृकुटीमण्डपमा आयोजना गरिएको सुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सभापति देउवाले नेपाली काँग्रेस सरकारमा गएपछि नितिगत निर्णय गरेर पुर्ण अधिकार दिलाउने बताउनुभयो ।
नेपाली काँग्रेसको सभापति बनेपछि आफुलेनै केन्द्र देखि स्थानीय तह सम्म अपांगता भएकाहरुलाई आरक्षणको व्यवस्था गरेको बताँउदै सभापति देउवाले आफु प्रधानमन्त्री भएको बेलामा अपांगता भएका व्यक्तिहरुलाई सामाजीक सुरक्षाको व्यवस्था समेत गरेको स्मरण गराउनुभयो ।
अन्य अपांगता भएका व्यक्तिहरुको तुलनामा स्पाइनल कर्ड इन्जुरी भएका अपांगता भएकाहरुको अवस्था जटिल रहेको प्रति आफु जानकार रहेको बताँउदै समय आएपछि उपयुक्त निर्णय गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सङगठीत शक्तिलेनै अपांगता आन्दोलन उचाईमा पुगेको बताँउदै अपांगता भएका व्यक्तिहरुलाई अधिकार दिलाउन अझैं एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका पुर्व उपसभापति एवं प्रभाबसाली नेता प्रकाशमान सिंहले अपांगता भएका व्यक्तिहरुका हक अधिकारका हुने आन्दोलनमा आफनो साथ रहने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जिपछिरीङ लामाले समाजमा सवै नागरीकलाई बाँच्न पाउने अधिकार रहेको बताँउदै अन्य नागरीक सरह अपांगता भएकाहरुको अधिकार पाउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय लोकतान्त्रीक अपांग संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष भोजराज श्रेष्ठको सभापतित्वमा सञ्चालीत कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामाले अपांगता भएका व्यक्तिहरुको हर कार्यक्रममा आफनो एक्यबद्धता रहेको बताँउदै सुभदिपावली लगायतका चाडपर्वको अवसरमा सुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय पदाधीकारीहरु, बिभिन्न भातृसंस्थाका पदाधीकारीहरु लगायतको उपस्थीति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु