साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

गलत सूचना प्रवाह गरेको भन्दै वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई बर्खास्तीको माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक १८ गते, सोमबार १४:३८

काठमाडौं, १८ कात्तिक । पब्लिक इनोभेटर तथा नागरिक उड्ययन क्षेत्रका विज्ञ ई. दिपेन्द्र कँडेलले नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै नभएको सूचना राखेर स्वदेश तथा विदेशी यात्रुहरुलाई दिउँसै ठग्ने काम गरेको भन्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई सरकारले अविलम्ब निलम्बन गर्नुपर्ने माग गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाईन्सजस्तो पूरानो संस्थाले स्वदेश तथा विदेशी पर्यटकहरुलाई गलत सूचना प्रवाह गरेर ठग्ने काम गरेको आरोप लगाए । उनले भने,‘नेपाल एयरलाईन्सले हामी सम्पूर्ण स्वदेशी तथा विदेशी यात्रुलाई ढाँट्ने काम गरेको छ, एयरपोर्टमा आगमन तथा प्रस्थान दुवै तर्फ ड्युटी–फ्री सामान पाउँछ भनेर गलत सुचना राखिएको छ । तर, यो सुचना सरासर गलत हो । विमानस्थलमा आगमनतर्फ ड्युटी–फ्री छैन् ।’ उनले गलत सूचना प्रवाह गरिरहने निगमका कार्यकारी अध्यक्ष खरेललाई पर्यटनमन्त्री योगेश कुमार भट्टराईले अविलम्ब निलम्बन गर्नुपर्छ ।’

कँडेलले नेपाल सरकारले भव्य तयारी गरेर नेपाल पर्यटन वर्ष– २०२० मनाउन गैरहेको अवस्थामा विमानस्थलमा यस्तो गलत सुचना प्रवाह गर्दा भ्रमण वर्ष कुनैपनि हालतमा सफल नहुने र यसले देशको प्रतिष्ठामाथि नै आँच आउने खतरा औंल्याए । उनले भने,‘हामी भ्रमण वर्ष सफल बनाउन लागिरहेका छौं । तर, सरकारले भ्रमण वर्ष सफल बनाउनेतर्फ खासै ध्यान दिएको जस्तो मलाई लागेन् । यदि दिएको भए विमानस्थलमा यस्तो गलत सुचना राखेर स्वदेश तथा विदेशी यात्रुलाइृ ढाँट्ने काम गर्दैनथियो ।’

उनले आगामी ४८ घण्टाभित्र उक्त सूचना नसच्याए आफू सरकारविरुद्ध अन्तर्राष्ट्रियस्तरमा पुग्नेपनि चेतावनी दिए । उनले भने,‘नागरिकको हैसियतले म चाहन्छु कि यो गलत सुचना अविलम्ब हटाईयोस् । र, सरोकारवाला व्यक्तिहरु तथा मुख्यतय निगमका कार्यकारी अध्यक्ष खरेललाई हटाउनुपर्छ । त्यसपछि विमानस्थलमा पनि भ्रमण वर्ष अगाडि नै आगमनतर्फ ड्युटी–फ्री खोल्नुपर्छ ।

’https://youtu.be/pUsbYc_Plkw

(तस्बिर समचार रिपोर्टस क्लब बाट)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु