दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साधना लघुवित्त’ को नाफामा ५१३ प्रतिशतले बृद्धी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक १९ गते, मंगलवार ११:४१

काठमाण्डौ । गोरखा जिल्लाको गोरखा न. पा. मा केन्द्रीय कार्यालय राखी मिति २०७४ मंसिर ३ गते बाट आर्थिक कारोबार संचालन गरेको साधना लघुवित्त वित्तीय संस्थाले प्रथम त्रैमासिक प्रगती विवरण आज सार्वजनिक गरेको छ जस अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७६ लाख ६३ हजार खुद मुनाफा आर्जन गरेको छ जब कि यो लघुवित्तकोे अघिल्लो वर्षको यही अवधिमा १४ लाख ९३ हजार मात्रै खुद नाफा रहेको थियो । जुन अघिल्लो बर्षको तुलनामा ५१३ प्रतिशतले बृद्धी भएको छ । समिक्षा अवधिमा अन्य लघुवित्त नपुगेको क्षेत्रमा शाखा संजाल आक्रमक रुपमा बिस्तार गरेको लघुवित्तले गत अषाढ ३० गते बाट आर्थिक समृद्धी लघुवित्तलाई प्राप्ति गरी एकिकृत कारोबार संचालन गरी ब्यबसाय बिस्तारमा पनी उत्कृष्ट प्रगती प्राप्त गरेकै कारण खुद ब्याज आम्दानी रु २ करोड ४६ लाख २ हजार पु–याएको छ भने अघिल्लो बर्षको यही अवधिमा ६६ लाख ३१ हजारमा सीमित रहेको थियो यसै गरी समिक्षा अवधिमा ३२ करोड ५९ लाख बचत संकलन गरी १ अर्ब ४ करोड १६ लाख सापटी लिएर १ अर्ब ३६ करोड १९ लाख कर्जा परिचालन गरेको छ भने अघिल्लो बर्षको यही अवधिमा ८ करोड ५६ लाख बचत संकलन गरी ४४ करोड ७२ लाख सापटी लिई ५० करोड ७४ लाख कर्जा परिचालन गरेको थियो । यसै गरी वित्तीय संस्थाको अघिल्लो आर्थिक बर्षमा २३ लाख ९० हजार मात्र रहेको रिर्जब समिक्षा अवधिमा ३ करोड ४१ लाख पुगेको छ । अघिल्लो आ.व.को यही अव्धीमा कुल ४ करोड ९० लाख चुक्ता पुंजी रहेकोमा यस आ.व.मा चुक्ता पुंजी १४ करोड ६० लाख भएको छ । त्यस्तै समिक्षा अवधिमा कस्ट अफ फण्ड ९.६२ प्रतिशत रहेको छ भने तरलता अनुपात १३.२१ प्रतिशत, प्रति शेयर आम्दानी २०.९८ (बार्षिक) रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु