साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

नेपालको ब्याटिङ आज पनि कमजोर, १३८ रनमै अलआउट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २६ गते, शुक्रबार ११:३२

काठमाडौं – विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले ओमानसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।विन्डहोकस्थित अफिज पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको हो।शरद भेषावरकले सर्वा्धिक २२ रन बनाएको नेपाली इनिङ्समा दिपेन्द्र सिंह ऐरिले २०, दीलिप नाथले १७, कप्तान पारस खड्काले १७ तथा रोहित पौडेलले १४ रन बनाए। सोमपाल कामी १७ रनमा नटआउट रहे।

नेपाललाई अलआउट गर्न ओमानका कलिमुल्लाहले सर्वा्धिक ४ तथा बिलाल खानले २ विकेट लिए।
संयोग
हिजो नमिबियाले पहिला ब्याटिङ गर्दा नेपाललाई १ सय ३९ रनको चुनौति दिएको थियो । आज नेपाले पहिला ब्याटिङ गर्दा ओमानलाई १ सय ३९ रनकै चुनौति दिएको छ ।यही लक्ष्य हिजो नेपालले निकै मुस्किलले भेटाएको थियो । अब आज ओमानलाई नेपाली बलरले लक्ष्य भेटाउनबाट रोक्न सक्छन्े या सक्दैनन्, त्यो हेर्न बाँकी छ ।

ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु