दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

६० लाख ऋण बोकेर रौतहटबाट फर्किए धुर्मुस सुन्तली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २६ गते, शुक्रबार १७:२८

रौतहट : रौतहटको चन्द्रपुर-८ स्थित सन्तपुरबाट धुर्मुस सुन्तलीले ६० लाख ऋण बोकेर शुक्रबार काठमाडौं फर्किएका छन्।५ करोड ९४ लाख लागतमा एकीकृत नमूना बस्ती निमार्ण गर्दा उनीहरुले संचालन गरेको धुर्मुस सुन्तली फाउन्डेसनलाई ६० लाख ऋण लागेको छ।माघ २३ गते बाढी पीडितलाई घर हस्तान्तरण गर्दा ७० लाख रकम अपुग भएको थियो।त्यसपछि १० लाख रकम सहयोग जुटेको छ, अझै ६० लाख रुपैयाँ तिर्न बाँकी रहेको फाउन्डेसनका व्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए।

बस्ती निमार्णका लागि ल्याइएको सामाग्रीवापतको करिब ६० लाख रकम तिर्न बाँकी रहेको र त्यो रकम सहयोग जुट्नेमा आशावादी रहेको बस्तीका बासिन्दासँग बिदा माग्दै फाउन्डेसनका अध्यक्ष तथा हास्य कलाकार धुर्मुसले बताए।सरसफाइमा विशेष ध्यान दिन, सबैजना मिलेर बस्न, छोराछोरीलाई विद्यालय पठाउन, मदिरालगायत नशालु पदार्थ सेवन नगर्न र बस्तीको हेरचाह गर्न आग्रह गर्दै धुर्मुस सुन्तली रौतहटबाट फर्किएका छन्।

करिब ६० लाख बाँकी भएपनि तोकिएको मिती अगावै पीडितलाई घर हस्तान्तरण गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै बाँकी रकम सहयोग गर्न उनीहरुले अपिल गरेका छन्।हास्य कलाकार धुर्मुसले भने ‘बाँकी रहेको रकम चाँडै तिर्नुपर्ने छ, रकम जुट्नेमा विश्वस्त छु।’ एकसय १५ दिनमा बस्ती हस्तान्तरण गर्न पाएकोमा सबैभन्दा खुशी व्यक्ति गर्दै, असल र सकारात्मक सोच लिएर अघि बढ्दा सबैबाट साथ र सहयोग पाएकाले मानवसेवामा लागिरहने प्रेरणा मिलेको समेत उनीहरुले बताए।

 

असोज २८ गते बाट निमार्ण सुरु गरेको नमुना बस्तीमा ४७ वटा आवसीय घर, बाल विकास विद्यालय, बाल उधान, सार्वजनिक शौचालय, मन्दिर, भ्यू टावर, खानेपानीको धारा र बाटो निमार्ण गरिएको छ।उनीहरुलाई बस्तीका सबैभन्दा वृद्धा एकसय ७ वर्षीया रामकल्ली देवी हजरा र बस्ती निमार्ण समितीका अध्यक्ष सत्यनारायण माझी मुसहरले विदाइ गरेका हुन्। अन्नपूर्ण पोस्टमा खबर छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु