तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आज नेप्से ०.७९ अंकले बढेर एक हजार एक सय ३५.९५ अंकमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २८ गते, बिहीबार १७:०३

काठमाडौं–साताको अन्तिम दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा झिनो सुधार आएको छ । आज नेप्से ०.७९ अंकले बढेर एक हजार एक सय ३५.९५ अंकमा पुगेको हो ।
नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स्ट भने ०.११ अंकले घटेर २५०.०६ अंकमा पुगेको छ । आज बजारमा १६३ कम्पनीका ८ लाख ३३ हजार ८८१ कित्ता सेयर २२ करोड ८३ लाख ५७ हजार ४९३ रुपैयाँमा कारोबार भए ।
यस दिन कारोबारमा आएका १२ वटा समूहगत उपसुचक मध्ये आठ समूह उकालो लागे भने बाँकी चार समूह ओरालो लागे । उकालो लाग्नेमा ट्रेडिङ समूह सर्वाधिक २२.४४ अंकले उकालो लाग्यो भने माइक्रो फाइनान्स् समूह सर्वाधिक ६.७ अंकले ओरालो लाग्यो ।

बिहिबार बजारमा एनएमबि बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर चार करोड २९ लाख ६८ हजार ३७ रुपैयाँका कारोबार भएको हो । यस दिन साल्ट ट्रेडिङका लगानीकर्ताले सर्वाधिक ९.९१ प्रतिशत सेयर मूल्य कमाए । त्यसैगरी, ग्लोबल आईएमई सम्मुनतका लगानीकर्ताले सर्वाधिक ५.६६ प्रतिशत सेयर मूल्य गुमाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु