साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

वर्तमान सरकारले एक ईन्चपनि जमिन गुम्न दिँदैन्:पाण्डे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १ गते, आईतवार १८:१४

काठमाडौं, १ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद सोमप्रसाद पाण्डेले सरकारले भारत सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरेको स्पष्ट पारेका छन् । उनले भने,‘वर्तमान सरकारले एक ईन्चपनि जमिन गुम्न दिँदैन् । सरकार सीमा सुरक्षाको लागि पूर्ण प्रतिबद्ध छ । हामी सीमा सुरक्षाको लागि कुनै सम्झौता गर्दैनौं । हामी कुटनीतिक रुपमा समस्याको समाधान गर्छौं । मैले थाहा पाएअनुसार सरकारले छिट्टै भारतसँग वार्ताको लागि पहल गर्दैछ ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पाण्डेले सुगौली सन्धिमा नै भारतसँगको सीमाको बारेमा सबै कुरा टुँगो लगाईसकेको सुनाए । उनले भने,‘सुगौली सन्धिमै स्पष्ट नक्शा छ । त्यसले काम गर्छ । कालापानी र लिपुलेक अहिले चासो र संवेदनशील विषय हो, यो सबैको मनमनमा भिजेको छ । यो आजको विषय होईन् । लिपुलेकबाट भारतीय सेना हटाउनुपर्छ । कालापानी नेपालकै भूभाग हो । यो कुरा सुगौली सन्धिमै उल्लेख गरिएको छ । यसमा कुनै द्धिविधा छैन् । काली नदी यताका टिंकर, कालापानी, लिपुलेक नेपालकै हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भारतीय सेनाले तत्काल उक्त नेपाली भुभाग छोड्न्पर्ने बताए । उनले भने,‘यो विवाद अब टुँगो लगाउनुपर्छ । भारतीय सेना त्यहाँबाट फिर्ता हुनुपर्छ भनेर आज प्रधानमन्त्रीज्यूले पनि बोलिसक्नुभएको छ । कुटनीतिक माध्यमबाट छलफलको ढोका खोलिनुपर्छ । सरकारले सबै तयारी गरिसकेको छ ।’

फरक प्रसँगमा उनले विप्लवसँगपनि सरकारले वार्ताको लागि पहल गरिरहेको बताए । उनले भने,‘विप्लव समूहसँग हामी सामान्य सम्पर्कमा छौं । सरकार वार्ता गर्न तयार छ । तर, वार्ताको मोडालिटी के हुने हो त्यो छलफलको विषय छ । तर, वार्ताको विकल्प छैन् । विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आओस् ।’

उनले वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारालाई सार्थक तुल्याउने दिशामा लागिरहेको पनि सुनाए । यसको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सोहीअनुसार भूमिका खेलेको उनको भनाई छ । उनले भने,‘प्रधानमन्त्रीज्युले म भ्रष्टाचार गर्दिन्, र गर्नपनि दिन्न भनेर संकल्प र घोषणा गर्नुभएको छ । सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गरेर छोड्छ । कोहीपनि उम्किन पाउँदैनन् ।’ पाण्डेले वर्तमान सरकार पूर्ण रुपमा सफल भएको दाबी गरे । त्यस्तै, प्रधानमन्त्री ओलीले नयाँ ढंगले अघि बढ्ने कुरा गरेकोले मन्त्रिमण्डल हेरफेर हुनसक्नेपनि उनले संकेत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु