दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विकास र समृद्धिको लागि महिला नामक संस्था बालुवाटार द्वारा रक्तदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ७ गते, शनिबार १५:४१

मंसिर ७,काठमाडौ ।
समाजका महिलावर्गलाईआर्थिकरुपमा सशक्त बनाउने लक्ष्य सहित वडामा व्यावसायिक सीप तथा क्षमता अभिवृद्धि गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने उद्देश्यले खोलिएको विकास र समृद्धिको लागि महिला नामक संस्था बालुवाटार ले
रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्था को अध्यक्ष साबित्री खनाल को संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा ४९जनाको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा स्थानिय समाजसेवी राम प्रसाद न्याैपाने ले धारणा व्यक्त गदै रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने साथै रगतको बढ्दो अभावलाई परीपुर्ती गर्दै सामाजिक काममा सहयोग गरेको भन्दै आयोजक संस्थालाई प्रशंशा गदै सामाजिक गतिविधिका विभिन्न अभियानमा यस किसिमका हरेक गतिविधिमा आफु सधैव सहकार्य गर्दै अघि बढ्न तत्पर रहेको उल्लेख गरेका थिए ।
संस्था की सचिव अम्बिका पौडेल ले
रगतको माग बढी र रक्तदान कम भैरहदा सृजित रक्त अभावलाई पुर्ण गर्न स्थानिय टोल बासिन्दा, संस्थाको सदस्य सामुहिकतामा हातेमालो गर्दै अगाडि बढ्ने संस्थागत उद्देश्य बमोजिम यो रक्तदान जीवनदान कार्यक्रमको आयोजना गरिएको जानकारी गराएकी थिइन । संस्थाकी अध्यक्ष साबित्री खनालले
सहभागी भै रक्तदान गर्नु हुने विभिन्न स्थानीय ,सस्था सम्पूर्ण टिम एवम व्यक्ति हरुलाई धन्यवाद ज्ञापन गर्दै निरन्तर साथ,सहयोग एवम सहकार्यको लागि अपिल गरेकी छिन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु