तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

भोटेकोशी नदीमा अन्तर्राष्ट्रिय स्तरको १८ औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज भोलिदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ९ गते, सोमबार ९:३९

मंसिर ९, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा अन्तर्राष्ट्रिय स्तरको १८ औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज हुने भएको छ । नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म भोटेकोशी नदीमा सो प्रतियोगिता हुन लागेको हो ।

नेपालको भोटेकोशी, सुनकोशी र कर्णाली नदीहरु विश्वका उत्कृष्ट साहसिक जलयात्रा नदीहरु अन्तर्गत पर्दछन् । जसका कारण नेपाल संसारको उत्कृष्ट सहासिक जलयात्रा गन्तव्यको रुपमा परिचित छ ।
नेपालको साहसिक जलयात्राको महत्व र विशेषताहरुको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने उद्देश्यका साथ नाराले सन् २००२ देखि नियमित रुपमा गर्दै आएको अन्तर्राष्ट्रिय स्तरको उक्त खेलकुद प्रतियोगिता गर्न लागेको हो ।

नाराको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनात्मक सहकार्य, प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर ३, हिमालयन रिभर गाईड एसोसिएसन नेपाल, नेपाल राफ्टिङ एण्ड केनोईग एसोसिएसन, सिन्धु पर्यटन व्यवसायी संघ, बलेफी गाउँपालिका, चौतारा साँगाचोक गडी नगरपालिकाको प्राविधिक सहकार्यमा सञ्चालन गर्न लागिएको नाराका अध्यक्ष गंगा प्रसाद नेपालले जानकारी दिए ।
प्रतियोगीतामा अन्तर्राष्ट्रिय खेलकुद अन्तर्गत कायाक स्लालोम, कायाक डाउन रिभर रेससँगै ३ खेलहरु छन् । त्यस्तै राष्ट्रिय स्तरको कर्पोरेट राफ्ट डाउन रिभर रेस पनि हुनेछ । अन्तर्रा्ष्ट्रिय खेलमा सहभागीता जनाउनका लागि ५ हजार ५ सय तोकिएको छ भने राष्ट्रिय खेलमा सहभागिता जनाउनका लागि ३ हजार शुल्क लाग्ने जानकारी दिइएको छ ।

कर्पोरेट राफ्ट रेसमा प्रवेश शुल्क प्रतिटिम ७५ हजार शुल्क लाग्ने छ । प्रतियोगितामा पुरुषतर्फ पहिलो पुरस्कार ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार पुरस्कार रहेको छ । त्यस्तै महिलातर्फ पहिलो पुरस्कार ५० हजार, दोस्रो पुरस्कार ३० हजार र तेस्रो पुरस्कार २० हजार पुरस्कार रहेको छ । कार्यक्रममा करिब ३ जनाको सहभागीता रहने बताईएको छ ।
तस्बिर जनाद्न अर्याल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु