दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

दोस्रो काठमाडौँ रोड सेफ्टी फिल्म फेस्टिभल डिसेम्बर ३०, २०१९ –मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १० गते, मंगलवार १३:३५

सडक दुर्घटना संसारकै एउटा प्रमुख समस्या हो । नेपालमा यो अकाल मृत्युको पहिलो कारण बनेको छ भन्दा अत्युक्ति नहोला । विश्वमा वार्षिक १४ लाख मानिसले सडक दुर्घटनामा ज्यान गुमाउँछन् भने नेपालमा मासिक २ सयको हाराहारिमा । अझ नेपाल बाहिर भएका अकाल मृत्युको प्रमुख कारण सडक दुर्घटना भएकाले पनि नेपाल र नेपालीमा यसले पारेको असर र दिएको पिडा अनुमान मात्र गर्न सकिन्छ , अनुभुति त टाढाको कुरा भयो ।
सडक सुरक्षाको हिसाबले सबैभन्दा जोखिममा रहेका युवा-विद्यार्थीको सुरक्षित मोबिलिटीको लागि तथा सुरक्षित विधालयको लागि संगठित रूपमा संस्थागत कार्य गर्ने प्रयासमा छौँ । जसको आरम्भ सेफ स्कुल एण्ड सेफर मोबिलिटी ( SAFE SCHOOL AND SAFER MOBILITY)-को थिममा रहेर दोस्रो काठमाडौँ रोड सेफ्टी फिल्म फेस्टिभल मार्फत आफुलाई सार्वजनिक गर्दैछौँ ।
सडक दुर्घटनाका कारण हाम्रो समाज क्षत-विक्षत बन्दै गएको छ । सामान्य लापरवाहीका कारण आज हाम्रा गाउँ नै सखाप भैरहेका छन् । दुर्घटनाका घाइतेको उपचार र पुनर्स्थापना अनि तिनको परिवारको जीविकाको त छलफलै शुरु भएको छैन भन्दा हुन्छ । आजको यस्तो विकाराल समस्या न्युनीकरण गर्ने उपाय एउटै हो सडक सुरक्षाका आधारभुत उपाय अवलम्बन गर्नु ।
हो ! यसै मेसोमा हामी रोड सेफ्टी फिल्म फेस्टिभलको दोस्रो संस्करण सेकेन्ड काठमाडौँ रोड सेफ्टी फिल्म फेस्टिभल ( 2nd Kathmandu Road Safety Film Festival) आगामी दिसम्बर ३० तारिख तदनुसार पुष १४ गते २०७६-का दिन काठमाडौँमा आयोजना गर्न लागिरहेका छौँ ।
यसमा मूलतः –
• सेफ स्कुल एण्ड सेफर मोबिलिटीको थिममा छोटा फिल्मका प्रतिस्पर्धा
• फिल्म निर्माता र निर्देशकसँग अन्तरक्रिया र छलफल
• नेपाली फिल्म क्षेत्रसँग संवेदनशील एजेण्डामा सहकार्य
• सडक र सवारी सम्बन्धि पेन्टिङ , पोस्टर र फोटो प्रर्दशनी
• सडक सुरक्षा सम्बन्धी गीत , संगीत र कला-साहित्यको जमघट
• नयाँ र सृजनात्मक प्रयोगका माध्यमबाट जनचेतना र कार्यक्रमको लागी दवाव
• डकुमेन्ट्रिहरूको प्रर्दशन तथा सडक सुरक्षामा सामुहिक प्रतिबद्धताको घोषणाको प्रयास गरिने छ ।
आगामी दिसम्बर ३० तारिख आयोजना गरिने फिल्म फेस्टिभल काठमाडौं उपत्यका भित्रको कुनै स्थानीय निकाय , सरकारी , गैर-सरकारी संस्था , राष्ट्रिय-अन्तराष्ट्रिय संघ-संस्था तथा व्यवसायिक संस्थाको सहयोगमा गरिने छ ।
सेफ स्कुल नेपालको आयोजना तथा नेसनल रोड सेफ्टी एलाइयन्स र नेपाल अटोमोवाइल्स एसोसिएसन (NASA) को संयोजनमा हुने सो फेस्टिभलमा फाइनल राउण्डमा पुगेका एक दर्जन फिल्महरूको अन्तिम प्रतिस्पर्धा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु