तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सफलताका साथ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १० गते, मंगलवार १८:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ । उनले १२ बजेर ४५ मिनेटमा शल्यक्रिया सम्पन्न भएको जानकारी दिएका छन् ।

पेट दुखेर आज विहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा भर्ना भएका ओलीलाई एपेन्डीसाईटिस भएको पत्ता लागेको थियो । त्यसपछि चिकित्सकहरुले तत्काल शल्यक्रिया गर्न सुझाव दिएका थिए ।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारी, डा. अरुण सायमीलगायतको टोलीले शल्यक्रिया गरेका थिए ।

पछिल्लो समय प्रधानमन्त्री ओली मृगौलाको संक्रमणबाट पीडित छन् । उनको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । अहिले क्रिटिनाईनको मात्रा बढेपछि नियमित हेमोडायलासिस गराईरहेका छन् । ओलीले धापासीस्थित् ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा चार पटक डायलासिस गराइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु