साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

नेपाल नागरिक समाजले भ्रष्टाचारविरोधी देशव्यापी आन्दोलन गर्ने घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १३ गते, शुक्रबार १८:१३

काठमाडौं, १३ मंसिर । नेपाल नागरिक समाजले भ्रष्टाचारविरोधी देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गरी भ्रष्टाचारविरोधी आन्दोलनको घोषणा गरेको हो ।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष भीमबहादुर शाहीले आगामी दिनमा ‘भ्रष्टाचारविरोधी आन्दोलन’ देशव्यापी रुपमा शुरु गर्ने बताए । आन्दोलन तीन चरणमा विभाजित गरिएको उनको भनाई थियो । पहिलो चरणमा प्रचार, दोस्रो चरणमा खबरदारी र तेस्रो चरणमा कारबाही आन्दोलन हुने जानकारी दिए ।

आन्दोलनको मुख्य सिद्धान्त सत्य, अहिंसा, शान्ति, सहभागिता र पारदर्शीता रहने पनि प्रष्ट पारे । उनले भने, ‘यो आन्दोलन सम्पूर्ण नागरिकहरुको आन्दोलन भएकाले आगामी दिनमा कुनै पनि विभेद र प्रतिशोध नराखी आ–आफ्नो स्तर र क्षत्रबाट सहयोग र सहभागिताको आवह्वान गर्दछु ।’

शाहीले आफ्नै विधि, विधान र कार्यशैलीमा आन्दोलनलाई देशव्यापी बनाएर लैजाने तयारी पूरा भएको जानकारी दिए । उनले भने–अब देशव्यापी रुपमा भ्रष्टाचार विरोधी आन्दोलन अगाडि बढाउँछौं ।

२०७३ भदौ ५ गते बाँके जिल्लाको कोहलपुरमा समाजको स्थापना भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध भूमिका निभाउँदै आएको बताए । आगामी दिनमा भूमिकालाई अझ प्रभावकारी बनाउँदै भ्रष्टाचार विरोधी आन्दोलनलाई निरन्तर अगाडि बढाउन सम्पूर्ण नागरिकहरुलाई आह्वान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु