दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र फिल्म ‘छ माया छपक्कै प्रदर्शनको ५१औं दिनको यात्रा पार गर्न सफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १६ गते, सोमबार ६:५९

काठमाडौ –फिल्म ‘छ माया छपक्कै’ले प्रदर्शनको दिन पार गरेको छ । पछिल्लो समय रिलिज भएका धेरै फिल्मले लगानी समेत सुरक्षित गर्न नसकिरहेको अवस्थामा ‘छ माया छपक्कै’ले भने प्रदर्शनको ५१औं दिनको यात्रा पार गर्न सफल भएको हो । दशैँको छेको पारेर गत असोज २४ बाट प्रदर्शनमा आएको यो फिल्मले बीएसआर मुभिज, सिडिसी सिनेमाज्, गोपीकृष्ण मुभिज, अष्टनारायण, गुण र गंगा गरेर ६ चलचित्र घरमा प्रदर्शनको ५१ औं दिन पार गर्न सफल भएको हो ।
फिल्मको सफलताको सम्पुर्ण श्रेय पहिले दर्शकलाई जाने निर्देशक दीपेन्द्र लामाले बताए । ‘छ माया छपक्कै’ले ५१औं दिनसम्म करिब १४ करोडको ब्यवसाय गरेको अनुमान निर्माता रोहित अधिकारीले गरे । राजनीतिक पृृष्ठभूमिमा प्रेमकथा मिसाइएको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु