तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ब्याडमिन्टनमा नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्समा कम्तिमा काश्य पदक पक्का

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १९ गते, बिहीबार ७:३४

पोखरा, १८ मंसिर । तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टनमा नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्समा कम्तिमा काश्य पदक पक्का गरेको छ । पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफूल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडीले सेमीफाइनल यात्रा तय गर्दै काश्य पदक पक्का गरेका हुन् ।
नेपालका रत्नजित तामाङले बंगलादेशका सिग्बत उल्लाहलाई सोझो सेटमा पराजित गरे । उनले २१–१३ र २३–२१ को सेटमा खेल जिते ।

यस्तै पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडीले भुटानका कर्मा छेन्द्रु र अनिष गुरुङ्को जोडीलाई २१–१४ र २१–१२ को सोझो सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका छन् ।

मिक्स डबल्सतर्फ विकास श्रेष्ठ र अनुमाया राईको जोडी भुटानका अनिष गुरुङ् र सम्झना गुरुङ्को जोडीले वाकओभर दिएपछि सोझै सेमीफाईनलमा पुगे ।

महिला डबल्स तर्फ नेपालका जेसिका गुरुङ् र रसिला महर्जनको जोडी श्रीलंकाका प्रमोदिका हेण्डेहवा र के. सिरिमाङ्गेको जोडीसँग २१–८ र २१–७ को सोझो सेटमा पराजित भए ।

पुरुष डबल्सतर्फ नेपालका दिपेश धामी र रत्नजीत तामाङ्को जोडी भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीसँग २१–१६ र २१–१३ को सोझो सेटमा पराजित भए ।
यसैगरी मिक्स डबल्सतर्फ नेपालका नवीन श्रेष्ठ र नङ्साल तामाङ्को जोडी वंगलादेशका मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीसँग २१–१३ र २१–१७ को सोझो सेटमा पराजित भए ।

पुरुष सिंगलतर्फ भारतका श्रील बर्माले पाकिस्तानका मुराद अलिलाई २१–१२ र २१–१७ को सेटमा पराजित गरे भने, सोही ईभेण्टमा श्रीलंकाका दिनुका निसान परेराले भुटानका निडुप दोर्जेलाई २१–९ र २१–७ को सेटमा पराजित गरे । यसैगरी भारतका आर्यमान टण्डनले श्रीलंकाका रनथुस्का करुणाखिलाकेलाई २१–१७ र २१–१७ को सेटमा पराजित गरे ।

महिला सिंगलतर्फ श्रीलंकाकी दिल्मी दियासले वंगलादेशकी अलिना सुल्तानलाई २१–८ र २१–१० को सोझो सेटमा पराजित गरिन् । सोही ईभेण्टमा श्रीलंकाका रत्नसिरि कपुरुले वंगलादेशकी शाल्पा अख्तरलाई १–८ र २१–१० को सेटमा पराजित गरिन् । यसैगरी भारतकी गायत्री गोपिचन्दले पाकिस्तानकी महुर शहाजदलाई २१–१५ र २१–१६ को सेटमा पराजित गरिन् । सोही ईभेण्टमा भारतकी अस्मिता चलिहाले पाकिस्तानकी पल्वासा बासिरलाई २१–९ र २१–७ को सेटमा पराजित गरिन् ।

पुरुष डबल्सतर्फ श्रीलंकाका दियास अन्गोडा र थरिन्दु डुलेउको जोडीले भारतका अरुण जर्ज र सन्याम शुक्लाको जोडीलाई २१–१० र २३–२१ को सेटमा पराजित गरे । सोही ईभेण्टमा पाकिस्तानका मोहम्मद अतिक र राजा मोहम्मद हुसेनको जोडीले श्रीलंकाका डि परेरा र एच चंकामणिको जोडीलाई २१–१४, १३–२१ र २१–१९ को सेटमा पराजित गरे ।

महिला डबल्सतर्फ भारतकी कुहु गर्ग र अनुष्का परिखको जोडीले वंगलादेशका बृष्टि खातुन र रेहना खातुनको जोडीलाई २१–१८ र २१–११ को सेटमा पराजित गरे । सोही ईभेण्टमा भारतका एम जकम्पुदी र एस नेलाकुर्थिको जोडीले वंगलादेशको शाल्पा अख्तर र अलिना सुल्तानाको जोडीलाई २१–१४ र २१–११ को सेटमा पराजित गरे ।

श्रीलंकाका रत्नसिरि कपुरु र यू को जोडीले माल्दिभ्सका नबिहा अब्दुल रज्जाक र अब्दुल रज्जाकको जोडीलाई २१– र २१–११ को सेटमा पराजित गरे ।

मिक्स डबल्स तर्फ श्रीलंकाका डायस अन्गोडा टी प्रमोदिकाको जोडीले पाकिस्तानका मोहम्मद अतिक र गाजला सिद्धिकीको जोडीलाई २१–८ र २१–९ को सेटमा पराजित गर्दै सेमीफाईनको यात्रा तय गरेका छन् ।

भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलंकाका रनथुस्का करुणाथुलाके र कविदी सिरिमाङ्गेको जोडीलाई २१–१७ र २६–२४ को सेटमा पराजित गरे ।

बुधवारका खेलमा विजयी भएका सबै खेलाडीले सेमीफाईनल यात्रा तय गरेका छन् । पोखरा रंगशालाको कोर्टमा विहीवारदेखि सेमीफाईनल सँस्करण हुने प्रतियोगिताका प्राबिधिक संयोजक नरबहादुर गुरुङले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु