दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण पदक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २३ गते, सोमबार ८:१८

काठमाडौँ, मङ्सिर २२ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत पोखरामा सम्पन्न पुरुष ह्याण्डबलमा पाकिस्तानले स्वर्ण पदक जितेको छ ।
पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा प्रतिद्वन्द्वी भारतलाई ३०–२९ गोल गर्दै पाकिस्तानले स्वर्ण पदक हात पारेको हो । भारतले भने उपविजेता बन्दै रजत पदक जितेको छ । बङ्गलादेशमा भएको ११औँ सागबाट समावेश भएको ह्याण्डबलमा पाकिस्तानले पुरुषतर्फको पहिलो स्वर्ण जितेको थियो । भारतकै गुहावटीमा भएको १२औँ सागमा भने भारतले स्वर्ण जितेको थियो । पाकिस्तान उपविजेता बन्दै रजत पदकमा सीमित बनेको थियो ।

विजेता पाकिस्तानका लागि मोहम्मद मुजामल हुसेनले सर्वाधिक ६ गोलको योगदान दिए । हजरत हुसेनले टोलीका लागि ५ गोल थपे । इमरान खानले टोलीका लागि ४ गोल जोडे । असिम सइद र मोहम्मद जुबेरले समान ३÷३ गोलको योगदान गरे । नासिर हुसेन र मोहम्मद सहिद बसिरले समान २÷२ गोलको थपे । नामिद उर रहमान र असिफ हायातले समान १÷१ गोल गरे ।

भारतका नवीन सिंहले सर्वाधिक ८ गोलको योगदान दिए । दीपक अहलावत, अंकित र रमेश चन्दले समान ५÷५ गोल जोडे । दिनेशले टोलीका लागि ४ गोल जोडे । करमजित सिंह र ह्याप्पीले टोलीका लागि समान १÷१ गोल थपे ।

श्रीलङ्कालाई कास्य

१३औँ साग खेलकूदअन्तर्गत पुरुष ह्याण्डबल तर्फ श्रीलङ्काले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित कभर्ड हलमा भएको पुरुष ह्याण्डबलतर्फको तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले बङ्गलादेशमाथि २६–२३ गोलको नतिजा निकाल्दै कास्य पदक जितेको हो । प्रतिस्पर्धात्मक खेलमा खेलको ६ मिनेटमा नवरथ्ना मुदियान्सेलागेले श्रीलङ्काको लागि गोलको खाता खोलेको थिए । बङ्गलादेशका लागि भने ताजु हसनले खेलको आठौँ मिनेटमा खाता खेलेका थिए ।

शुरुदेखि नै अग्रता बनाएको श्रीलङ्काले पहिलो हाफमा १२–११ गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा श्रीलङ्काले १४ गोल थप्न सफल बन्यो । त्यस्तै, बङ्गलादेशले १२ गोल थप्न सफल रह्यो । श्रीलङ्काको तर्फबाट नवरथ्ना मुदियान्सेलागे र प्रभात माडुसले सर्वाधिक ५÷५ गोल गरे । बङ्गलादेशको तर्फबाट भने अवाल रुबोलले सर्वाधिक ५ गोलको योगदान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु