दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फिनल्याण्डमा विश्‍वकै कान्छी प्रधानमन्त्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २३ गते, सोमबार १५:५७

एजेन्सी-फिनल्याण्ड : फिनल्याण्डमा नयाँ प्रधानमन्त्री छान्ने प्रक्रिया सुरु भएको छ ।

जहाँ वाम समाजवादी पार्टीले पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहेको छ । र सोही गठबन्धनबाटै प्रधानमन्त्री पदका लागि चयन भएकी छन् महिला नेता सन्ना मरिन । सन्ना अन्टी रिन्ने नेतृत्वको सरकारको यातायात मन्त्री पनि हुन् ।

अन्टी रिन्नेले राजीनामा घोषणा गरेपछि फिनल्याण्डमा आगामी साता नयाँ प्रधानमन्त्री चयन हुनेछ । यसका लागि ३४ वर्षीया सन्ना प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । र उनी विश्वकै सबैभन्दा कम उमेरको प्रधानमन्त्री बन्नेछिन् ।

‘विश्वास पाउनका लागि हाम्रा सामु प्रसस्त काम छन्,’ मरिनले पत्रकारहरुसँग भनिन् । न्युजिल्याण्डकी प्रधानमन्त्री जकिन्दा अर्डेन ३९ वर्षीया हुन् । यस्तै युक्रेनीयन प्रधानमन्त्री ओलिक्सी होन्चरुक ३५ वर्षीय हुन् । यस्तै फिनल्याण्डमा गठबन्धन सरकारको नेतृत्व गर्ने मरिन सबैभन्दा कान्छी प्रधानमन्त्री हुनेछिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु