दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महिला फुटबल खेलमा भारतले नेपाललाई २-० गोल अन्तरले पराजित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २३ गते, सोमबार १७:३५

पोखरा । जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा अहिले भारतसँग पराजति भएको छ ।
फाइनल खेलमा भारतले नेपाललाई २-० गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेको छ । घरेलु मैदानमा कहलेको नेपालले भने हारसँगै रजत पदकमा चित्त बुझाएको छ ।
भारतका लागि बाला देवीले २ गोल गरेकी हुन् । बाला देवीले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरकी हुन् ।

यस अघि भएका सागका दुई फाइनलमा भारतले फाइनलमा नेपाललाई पराजित गरेको थियो ।

महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काद्वारा राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । साग महिला फुटबलको फाइनलमा नेपाल भारतसँग २–० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन् ।

पोखरामा भएको फाइनल हारसँगै नेपालले लगातार तेस्रो पटक रजत पदकमा चित्त बुझाउनु परेको छ । खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले भने, ‘गोल्डको टार्गेट लिएर हिँडेको हुँ । यो पुरा गर्न नसक्दा मैले नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु