तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेप्से परिसुचक लगातार तीन दिनदेखि उकालो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २४ गते, मंगलवार १७:४४

काठमाडौं, मंसिर २४ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक लगातार तीन दिनदेखि उकालो लागेको छ।

यो साता कारोबारको पहिलो आइतबार ३ दशमलव ४५ अंकले बढेको परिसुचक सोमबार १३ दशमलव ५१ अंकले बढेको थियो। मंगलबार २ दशमलव ४८ अंकले बढेर १ हजार १ सय ५१ दशमलव ३६ को अंकमा कायम भएको छ।

१ सय ७० वटा कम्पनीको १६ लाख ५३ हजार ४ सय ९० कित्ता सेयर ६ हजार ९ सय ७५ पटक किनबेच हुँदा ४९ करोड ८४ लाख ९८ हजार ७ सय ४१ रुपैयाँ बराबरको कारोबार भएको छ।
जलविद्युत समूह, निर्जीवन बिमा समूह, उत्पादन समूह र अन्य समूह क्रमशः ४ दशमलव ५२, २ दशमलव ९५, ८ दशमलव ५७ र ११ दशमलव २३ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसुचक बढेको छ।

सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेडको ७ करोड ५३ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सबैभन्दा बढी कमाउनेमा नयाँ नेपाल लघुवित्त विकास विकास बैंक लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा अरुण काबेली लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ४ दशमलव शून्य ९ प्रतिशतका दरले गुमाएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु