दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित डायलासिस गर्न अस्पताल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २४ गते, मंगलवार २०:३८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित डायलासिस गर्न महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।
१३औ सागको समापन समारोह निवासबाटै हेरेर प्रधानमन्त्री ओली अस्पताल पुगेका हुन् । समापन समारोहलाई रंगशालामै पुगेर सम्बोधन गर्ने कार्यक्रम भएको भएपनि स्वास्थ्यका कारणले प्रधानमन्त्रीले भिडियो संदेश मात्र पठाएका थिए ।
गत मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओलीलाई मंगलबार साँझ नियमित डायलासिसको लागि अस्पताल लगिएको हो ।

प्रधानमन्त्री डायलासिसपश्चात आजै बालुवाटार फर्किने प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । प्रत्यारोपण गरेको मृगौलामा समस्याका कारण प्रधानमन्त्रीको यस अघि पनि पटक पटक डायलासिस गरिदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु