तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

टान र नेपाल भ्रमण बर्ष २०२० सचिवालय बिच भएको सम्झौता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २५ गते, बुधबार १६:५०

काठमाडौं ।टेकिङग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र नेपाल भ्रमण बर्ष २०२० सचिवालय बिच आज मिति २०७५ मंसिर २५ गते दुई पक्षिय समझदारी भएको छ । उक्त ११ बुादा समझदारी पत्रमा पहिलो पक्षबाट भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र दोश्रो पक्षबाट टानका अध्यक्ष खुम बहादुर सुवेदीले हस्ताक्ष।र गर्नु भएको छ । सम्झौताको प्रमुख उद्देश्य नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरी भ्रमण वर्षलाई सफल बनाउन विभिन्न कार्यक्रमहरु आयोजना तथा संचालन गर्ने रहेको छ ।

टान अध्यक्ष खुम बहादुर सुवेदीले स्वागत मन्तव्य दिादै भ्रमण बर्ष नजिकिदै गर्दा टानले भ्रमण बर्षलाई सफल पार्न गर्दै आएका कामहरुको जानकारी गराए । भ्रमण बर्ष २०२० संख्यामा २० लाख मात्रै नभई धेरै भन्दा धेरै गुणस्तरीय पर्यटक भित्र्याई नेपालको आर्थिक बृद्धि हुने उद्देश्यका साथ टानले आफ्ना सदस्य कम्पनीहरुलाई ८ लाख पर्यटक भित्र्याउन उनुरोध गरेको जानकारी गराए । भ्रमण बर्ष २०२० लाई भव्यताका साथ सफल बनाउन टानले सधैं साथ दिने प्रतिवद्धता जनाए ।

नेपाल भ्रमण बर्ष २०२० का सदस्य सचिव, कार्यक्रम कार्यान्वयन समिति बच्चु नारायण श्रेष्ठले साहासिक पर्यटन प्रवद्र्धन गर्न आयोजना गर्नुपर्ने कार्यक्रमहरुको विषयमा समझदारी भएको बताए । निजी क्षेत्रले पर्यटक भित्र्याउन सके मात्रै नेपाल भ्रमण बर्ष २०२० अभियान सफल हुने कुरामा ध्यानाकर्षण गराउदौ निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले भ्रमण बर्ष २०२० अभियानलाई प्रवद्र्धन गर्दै आएको बताए ।

नेपाल भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले नेपाल भ्रमण बर्ष २०२० January 1, 2020 देखि सुरु हुने जानकारी गराई भ्रमण बर्ष २०२० अभियान अन्त्य नभई निरन्तर चलिरहने प्रकिया बताए । नेपाल भ्रमण बर्ष २०२० अभियानले नीतिगत रुपमा मात्रै नभई युवाहरुलाई रोजगार सृजना गराउन मद्दत पुर्‍याउने कुरामा जोड दिए ।‘Nepal Life Time Experience’ को मुल नाराका साथ नेपाल भ्रमण गरिसकेका पर्यटकहरुलाई फेरी पनि नेपाल भ्रमण गर्न आउन वातावरण सृजना गर्नुपर्ने बताए ।

सो समारोहमा टान र नेपाल भ्रमण बर्ष २०२० बिच भएको समझदारी पत्र महासचिव सरिता लामाले वाचन गर्नु भयो ।

टानका निवर्तमान अध्यक्ष नवराज दाहाल, प्रथम उपाध्यक्ष चोलेन्द्र बहादुर कार्की, सचिव दामोदर ढकाल, कोषाध्यक्ष ऋतु ग्याम्दान, सह – कोषाध्यक्ष सूर्य कुमार श्रेष्ठ, कार्यसमिति सनम शेर्पा, राम बहादुर गुरुङ्ग र ङिमा दिकी शेर्पा सो कार्यक्रमा उपस्थित थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु