तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

तेश्रो एन प्याब्सन खेलकुद सप्ताहको मंगलबार औपचारिक उद्घाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २ गते, बुधबार ७:३४

काठमाडौं ।एन प्याब्सन काठमाडौं जिल्ला समितिद्वारा आयोजित तेश्रो एन प्याब्सन खेलकुद सप्ताहको मंगलबार औपचारिक उद्घाटन गरिएको छ ।
टुँडिखेलमा आयोजित एक कार्यक्रमबीच महिला, बाल वालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले प्रतियोगिताको उद्घाटन गरे । उद्घाटनका अवसरमा २५ भन्दा बढी विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए । मार्चपासमा प्रशान्ती एकेडेमी पहिलो, काठमाडौं विनायक शिक्षालय दोश्रो र युनिभर्सल सेकेन्डरी स्कुल तेश्रो भएको आयोजकका प्रचार प्रसार विभाग प्रमुख गेन्द्र लामाले जनाएका छन् ।
पाँच खेल समावेश खेलुकद सप्ताहअन्तर्गत टेबलटेनिस सम्पन्न भइसकेको छ भने छात्र क्रिकेट सञ्चालन भइरहेको छ । बाँकी तीन खेलमा बास्केटबल, फुटसल र ब्याडमिन्टन छन् । खेलकुद सप्ताहअन्तर्गत मंगलबार कुनै खेलको पनि प्रतिस्पर्धा भएन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु