दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साताको चौथो दिन सेयर बजारमा गिरावट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष २ गते, बुधबार १७:१२

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ । आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ३० अंकले घटेर १ हजार १ सय ५२ दशमलव शून्य सात अंकमा पुगेको छ । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८० अंकले घटेर २५२ दशमलव ४७ अंकमा पुगेको छ ।
सेयर बजारमा गिरावट छाए पनि लगानीकर्ताको मनोबल उच्च भएकाले कारोबार रकम भने वृद्धि भएको छ । आज १६५ कम्पनीका ९ लाख ४७ हजार ८५३ कित्ता सेयर २९ करोड ४७ लाख ९ हजार ८५८ रुपैयाँमा कारोबार भए ।
नेप्से घटेको दिन बजारमा कारोबारमा आएका १२ समूहगत उपसूचकमध्ये तीन समूह उकालो लागे भने बाँकी ९ समूह ओरालो लागे ।
यस दिन बजारमा एनएमबी बैंकको सेयरको कारोबार सबैभन्दा उच्च रह्यो । कम्पनीको सेयर ४ करोड ९० लाख २३ हजार २३५ रुपैयाँमा कारोबार भएको हो ।
चौथो दिन सेयर बजारमा विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक ९।९९ प्रतिशत सेयर मूल्य कमाए, त्यसैगरी, नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सर्वाधिक ७.६९ प्रतिशत सेयर मूल्य गुमाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु