तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ख्रीष्टमसको सार्वजनिक विदा दिन राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष ४ गते, शुक्रबार १५:१०

काठमाडौं, ४ पुष । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले यही पौष ९ गते (डिसेम्बर २५) का दिन ख्रीष्टमसको सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले यस्तो माग गरेको हो ।

महासंघले अघि सारेका मागहरुमा ख्रीष्टियन समूदायको महान पर्व ख्रीष्टमसका दिन अर्थात् पुष ९ गते (डिसेम्बर २५) का दिनलाई तत्काल सार्वजनिक विदा कायम गर्नुपर्ने, नेपाल सरकारसँग भएका ६ बुँदे सहमतिहरुलाई तत्काल कार्यान्वयन गरी राष्ट्रिय ख्रीष्टियन आयोग गठन तथा नेपाली ख्रीष्टियन चर्चहरुको सम्पत्ति तथा दायित्वहरु व्यवस्थित् गर्नका लागि नीतिगत व्यवस्था गर्नुपर्ने, नेपाल सरकारसँग भएको ३ बुँदे सहमति अनुसार नेपाली ख्रीष्टियन समूदायको लागि तत्काल समाधिस्थलको व्यवस्था गर्नुपर्ने र गत भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याएको मुलुकी ऐन–२०७४, मुलुकी अपराध (संहिता) ऐनका परिच्छेद ९ को १५७ र १५८ मर्मविपरित भएका प्रावधानहरुलाई तत्काल संशोधन गर्नुपर्ने रहेका छन् ।

महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘स्वाभिमान र अधिकारसम्पन्न नेपाली ख्रीष्टियन समूदायको सुनिश्चितताको लागि धार्मिक, सामाजिक, आर्थिक, समावेशी र समृद्ध नेपालको परिकल्पना गर्दै विश्वभरि रहेका नेपाली भाषी मण्डलीहरुसँग सहकार्य गर्दै परमेश्वरको महिमाको निम्ती राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल निरन्तर रुपमा क्रियाशिल रहेको अवगत गर्दै प्रतिबद्ध रहेको कुरा जानकारी गराउँदछौं ।’

महासंघकाअनुसार नेपालमा करिब १२,५०० भन्दा बढि चर्च (मण्डली) हरु रहेका छन् । महासंघले भनेको छ,‘३० लाखको संख्यामा नेपाली ख्रीष्टियनहरु रहेको हाम्रो देश नेपालमा वि.सं. २०६४ देखि २०७२ सालसम्म निरन्तर रुपमा ख्रीष्टियनहरु महान पर्व ख्रीष्टमसको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिँदै आएको र वि.सं. २०७३ सालमा काटिएको विदालाई पूनः सार्वजनिक विदा कायम गरेको थियो ।’

कार्यक्रममा महासंघका अध्यक्ष सि.बी. गहतराजले सर्वोच्च अदालतले पनि ख्रीष्टमसको दिन दिईँदै आएको सार्वजनिक विदालाई कटौती नगर्न आदेश दिएको सुनाउँदै भने,‘सरकारले पनि हामीसँग यो अवसरमा विदा दिने भनेर सार्वजनिक रुपमै सहमति गरिसकेको अवस्था छ । तर, अहिलेसम्म उक्त सहमति कार्यान्वयन भएको छैन् ।’ उनले सार्वजनिक विदासम्बन्धी बनेको पूनरावलोकन समितिले पनि १३ वटा सार्वजनिक विदाभित्र ख्रीष्टमसलाई पनि समावेश गरिएको उनले सुनाए ।

उनले ख्रीष्टमस संसारमै सबैभन्दा बढि मनाईने उत्सव भएको हुनाले नेपालमा पनि यो पर्व मनाउनेको संख्या लाखौंमा रहेको स्पष्ट पारे । उनले नेपाल सरकार, मानवअधिकारकर्मी, राजनीतिक दल, कुटनीतिक नियोग, पत्रकार र आम नागरिकलाई आफूहरुको माग सम्बोधन गराउनको लागि आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

कार्यक्रममा महासंघका प्रवक्ता उद्धवप्रसाद चिमोरियाले विज्ञप्ती वाचन गरेका थिए । कार्यक्रममा महासंघका बरिष्ठ सह–अध्यक्ष डा. फिलेमन क्षेत्री, उपाध्यक्ष बाबुराम हिङमाङ, सचिव प्रेम बहादुर कार्की, विभागीय प्रमुखहरु करण सिलवाल र मुकेश मोक्तानको पनि सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु