दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गतेसम्मका लागि स्थगित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष ५ गते, शनिबार ११:०१

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । बैठकको अध्यक्षता गरेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसद आह्वान सम्बन्धि राष्ट्रपति कार्यालयको पत्र र मन्त्रिपरिषद हेरफेरको जानकारी गराएकी थिइन् ।

त्यस पछि पूर्व सांसदहरु हरि बैरागी दाहाल, कमला कुमारी घिमिरे, रामलखन महतो र रामेश्वर ढुंगेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक पुस ११ गतेसम्मका लागि स्थगित गरिएको छ ।

यसै बीच संघीय संसदको सभामुख चयन प्रक्रिया पुस ११ गतेदेखि शुरु हुने भएको छ ।

संसद बैठक शुरु हुनुअघि बसेको कार्यव्यवस्था समितिको बैठकमा पुस ११ गते बस्ने संसद बैठकबाट सभामुख चयन प्रक्रिया थाल्ने सहमति भएको हो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल गए पछि सभामुख पद रिक्त रहर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु