दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यात्रुबाहक बसले ठक्कर विद्यार्थीहरूको भीडले चाबहिल क्षेत्रमा अवरोध र प्रदर्शन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ पुष ७ गते, सोमबार १०:४५

छात्रालाई ठक्कर दिएर बस भागेपछि चाबहिलमा तनाव, गाडीमा आगजनी र तोडफोड

काठमाडौं, पुस ७ – सोमबार विहान बा ५ ख ५९३० नम्बरको यात्रुबाहक बसले एकजना क्याम्पस जान लागेकी छात्रालाइ सुकेधारा नजिकै ठक्कर दिँदा उनी घाइते भएकी छिन् । घाइते छात्रा चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत गोरखाकी २२ वर्षीया सृष्टि पन्त रहेकी छिन् ।

ठक्कर दिएर बस भागे पनि आक्रोशित विद्यार्थीहरूको भीडले चाबहिल क्षेत्रमा अवरोध र प्रदर्शन गरेका छन् । उनीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका हुन् ।

विद्यार्थीको भीडले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेका प्रहरीले जनाएको छ ।आक्रोशित भीडलाई नियन्त्रणमा लिन पशुपति क्याम्पस वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

बसको ठक्करबाट घाइते पन्तको चाबहिलकै ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु